चौतर्फी विरोध भएपछि युवा मन्त्रीको अमेरिका भ्रमण रद्द

चौतर्फी विरोध भएपछि युवा मन्त्रीको अमेरिका भ्रमण रद्द
  • २५ पुष २०८२, शुक्रबार १५:१४

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनको सचिवालयका अनसरा अमेरिका जाने भन्ने थियो ।

mulpatra

तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर म्रमण रद्द गरिएको सचिवालयले जनाएको छ ।

नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।

mulpatra mulpatra mulpatra

गुप्ताको भ्रमणलाई लिएर चौतर्फी विरोध समेत भएको थियो । मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।