Close

Recent Posts

नेपाली कांग्रेस विशेष महाधिवेशनः ८ बजेदेखि शुरु भयो प्रतिनिधिको नाम दर्ता

नेपाली कांग्रेस विशेष महाधिवेशनः ८ बजेदेखि शुरु भयो प्रतिनिधिको नाम दर्ता
  • २७ पुष २०८२, आईतवार ०८:१६

काठमाडौं । भृकुटी मण्डपमा आजदेखि शूर नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता शुरु भएको छ । बिहान ८ बजेदेखि देशभरिबाट आएका प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ । प्रतिनिधिको दर्ता वापत रु १ हजार लिइएकोछ । ्

mulpatra

विशेष महाधिवेशन व्यवस्थापन संयोजक मनोजमणि आचार्यका अनुसार महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेटम सम्मुखमै स्टल राखिएको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने समेत जनाइएको छ ।

५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरि मागपत्र दर्ता गरेका थिए । पार्टी सभापति देउवा र कार्यवाहक सभापतिसमेतले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन गर्ने भन्दै पछि सार्न खोजेपछि महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।

mulpatra mulpatra mulpatra