कांग्रेस विशेष महाधिवेशनः बन्दसत्र भोली १० बजे देखि
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भोली सोमबार बिहान १० बजेदेखि हुने भएको छ।

भोलि बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहेपछि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने अझै रहेको र खाजाको समयलाई मध्यनजर गर्दै बिहान १० बजेदेखि गर्ने निर्णय गरिएको व्यवस्थापन समितिले जनाएको छ।
व्यवस्थापन समितिले भोलि बिहान ८ बजेदेखि प्रतिनिधिको दर्ता सुरु हुने समेत जनाएको छ । आज बेलुकी सम्म ६२.४ प्रतिशतले नाम दर्ता गरको र फाइलसमेत अझै रूजु गर्नुपर्ने बाँकी रहेको समेत समितिले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ।



