समानुपातिक उम्मेदवारले आजसम्म नाम फिर्ता लिन सक्ने

समानुपातिक उम्मेदवारले आजसम्म नाम फिर्ता लिन सक्ने
  • २८ पुष २०८२, सोमबार ०८:४१

काठमाडौं । गत पुस १३ र १४ गते उम्मेदवारी दर्ता गरेका समानुपातिक उम्मेदवारहरुलृ आज बेलुकी ४ बजे भित्रमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन । प्रतिनिधिसभाको फागुन २१ गते हुन लागेको निर्वाचनमा राजनीतिक दलले समानुपातिक सांसदहरुको बन्दसूचि पेश गरेको थियो ।

mulpatra

‘सुचनामा भनिएको छ बन्दसूचिमा नाम समावेश भएका उम्मेदवारहरुलृ आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने छ ।’

आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उमेदवारी फिर्ता लिन सक्ने भनि सूचना जारी गरेको छ ।

mulpatra mulpatra mulpatra

कुनै कारणवश सम्बन्धित उमेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।