१० खर्बभन्दा बढी लगानीयोग्य रकम बैंकमै थुप्रियो, तत्काल लगानीको सम्भव छैन
काठमाडौं– हाल बजारमा १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले बताउँदै आएको छ । पछिल्लो पटक गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले क्षतविक्षत बन्नुपर्दा मनोबल गिरेको निजी क्षेत्रले बताउँदै आइरहेको छ । सोही कारण कर्जाको माग छैन । यसले बजारमा अधिक तरलताको अवस्था सिर्जना गरेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, गत आइतबार बैंकहरूको कुल बचत ७६ खर्ब ५९ अर्ब रुपैयाँ हुँदा कर्जा प्रवाह ६८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कर्जा निक्षेप अनुपात ७३.९७ प्रतिशत छ । करिब तीन वर्षदेखि वित्तीय प्रणालीमा रहेको तरलता लगानीमा समस्या सिर्जना भइरहेको छ । बजार माग सुस्त भएकाले समस्या आएको निजी क्षेत्र बताउँदै आएको थियो ।
हाल ब्याजदर करिडोरको माथिल्लो सिलिङ (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत छ भने तल्लो सीमा (स्थायी निक्षेप सुविधा) २.७५ प्रतिशत छ । यसरी बैंकहरू बीचको सापटी (अन्तरबैंक दर) ५.७५ प्रतिशतभन्दा बढी हुँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ भने अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा कम हुँदा बजारबाट पैसा झिक्छ । पछिल्लो तीन वर्षयता भने अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा तल रहिरहेको छ । जसकारण केन्द्रीय बैंकले बजारबाट पैसा तान्दै आएको छ ।
![]() |
![]() |
![]() |
|---|
सोही कारण केन्द्रीय बैंकले लामो (एक वर्ष) अवधिका लागि तरलता प्रशोचन गरेको हो । वित्तीय प्रणालीको तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन आइतबार र बुधबार आवश्यकता अनुसार बजारबाट पैसा तान्दै आएको छ । यसका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधामार्पmत छोटो अवधिदेखि ६ महिनासम्मका लागि बजारबाट पैसा झिक्ने गरेको छ ।
ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट तान्ने तयारी रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि अन्य विभिन्न औजारहरूको पनि प्रयोग गरिरहेको छ । जसअन्तर्गत चालु आवको पुस ३० सम्म ४९ पटक यस्ता उपकरण प्रयोग गरेर १६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ तानिसकेको छ । जसमा एनआरबी बण्डबाट २ खर्ब रुपैयाँ तानेको छ भने ४० पटक बचत संकलन गरेर १४ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ तानेको छ ।
इतिहास हेर्ने हो भने यसअघि राष्ट्र बैंकले ६ पटक यस्तै ऋणपत्र जारी गरेर बजारबाट रकम तानेको छ । आर्थिक वर्ष २०४९–५० मा राष्ट्र बैंकले ऋणपत्रमार्फत बजारबाट २४ अर्ब ८८ करोड रुपैयाँ झिकेकोमा २०५०–५१ मा ६५ अर्ब ७२ करोड, २०५१–५२ मा ४५ अर्ब ७४ करोड, २०५२–५३ मा ९ अर्ब ३७ करोड र आव २०७२–७३ मा ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट निक्षेप संकलन गरेको थियो ।
Image Source: © https://mulpatra.com
केन्द्रीय बैंकले गत पुस १४ गते ‘एनआरबी बण्ड २०८३ क’ जारी गरेको थियो भने पुस ३० मा ‘एनआरबी बण्ड २०८३ झ’ जारी गरेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ऋणपत्रमार्फत पैसा तानिरहेको हो । पुस १४ देखि केन्द्रीय बैंकले एक वर्ष अवधिको ऋणपत्र जारी गर्दै रकम प्रशोचन गरिरहेको छ ।
दुई साताभित्र केन्द्रीय बैंकले ६ पटक २५÷२५ अर्ब, दुई पटक २० अर्ब र एक पटक १० अर्ब रुपैयाँ गरी कुल २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।
यसअघि २०७२–७३ मा यही उपकरणमार्फत राष्ट्र बैंकले ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकेको थियो । १० वर्षपछि अधिक तरलताका कारण केन्द्रीय बैंकले सोही उपकरण प्रयोग गरेको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



