Close

Recent Posts

२५० बढी म्यानपावरमा छापा मार्नुपर्ने माग सहितको लिष्ट कसरी श्रम मन्त्रालय पुग्यो, केहीमा अध्यक्ष गुरुङकै सिफारिस

मन्त्रीलाई रुझाउन अध्यक्ष नै व्यवसायीको पोल लगाउन पछि पदैनन्

२५० बढी म्यानपावरमा छापा मार्नुपर्ने माग सहितको लिष्ट कसरी श्रम मन्त्रालय पुग्यो, केहीमा अध्यक्ष गुरुङकै सिफारिसमन्त्रीलाई रुझाउन अध्यक्ष नै व्यवसायीको पोल लगाउन पछि पदैनन्
  • ३ माघ २०८२, शुक्रबार १७:१२

काठमाडौं– २ सय ५० भन्दा बढी म्यानपावरलाई अनुसन्धान र छापा मार्नुपर्ने माग तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कारको टेबलमा पुगेको थियो ।

mulpatra

श्रम सचिवको टेबुलमा पुगेको म्यानपावरको नाम वैदेशिक रोजगार विभागबाट आएको श्रम मन्त्रालयले स्रोतले जनाएको छ । श्रम सचिवको टेबुलमा पुगेको म्यानपावरको नाम उनी सरुवा भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री राजेन्द्रसिंह भण्डारीले खोजि गरिरहेका छन् ।

श्रम सचिव पुस्करले उक्त म्यानपावरको फाइलसँगै लिएर गएको र श्रम मन्त्रालयले पटक–पटक सोध्दा समेत आफुलाई थाहा नभएको प्रतिक्रिया दिइरहेको श्रम मन्त्रालयले स्रोतले जनाएको छ । गत महिना नै वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका २ सय ५० वटा भन्दा बढी म्यानपावरमाथि अनुसन्धान र छापा मार्नुपर्ने भन्दै अनुमति माग्दै विभागले लिष्ट सचिवलाई पठाएको थियो ।

mulpatra mulpatra mulpatra

तर अधिकांश ठुला र राम्ररी नै कामदार पठाइरहेका म्यानपावर भएका कारण सचिव ज्युले उक्त विषयलाई अघि बढाउन चासो नदिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

उनकाअनुसार अधिकांश म्यानपावरले व्यक्तिगत, भिजिट भिसा र सरकारले तोकेभन्दा बढी शुल्क लिएर कामदार पठाइरहेको भन्दै आकस्मिक छापाको माग उक्त लिष्टमा गरिएको थियो । तर तत्कालिन सचिव ज्युले अहिले यस्तो गर्नु हुँदैन भनेर वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भटट्राईले मौखिक खबर पठाएको रोकेको ती कर्मचारीले बताए । ‘श्रम सविचले अहिले म्यानपावर व्यवसायीलाई अनुसन्धान गर्दा नराम्रो सन्देश बाहिर जाने भन्दै रोक । त्यसपछि उनको टेबुलमा आएका लिष्ट उनैले राखे । अहिले त्यसको खोजी भइरहेको छ । त्यो लिष्ट कता छ भनेर ।’ उनले भने ।

मन्त्रालयमा पुगेको लिष्टमध्ये तत्काल ५० भन्दा बढी म्यानपावरमा छापा मार्नुपर्ने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले तत्कालिन श्रम सचिव र विभागका महानिर्देशकलाई दबाब दिएको विभागबाट सरुवा भएको एक कर्मचारीले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

यस विषयमा आफुलाई थाहा नभएको, वैदेशिक रोजगार विभाग र सम्बन्धीत निकायमा सोधेर जवाफ दिने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । भने विभागले उक्त म्यानपावरहरुक्को नाम कसरी लिष्ट गरेको हो । त्यस विषयमा थाहा नभएको विभागका प्रवक्ता चन्द्र शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष गुरुङले नै श्रम सचिव र विभागका महानिर्देशकलाई म्यानपावरको नाम नै भनेर छापा मार्नृुपर्ने माग राखेका थिए । त्यति बेला नै संघका अध्यक्षले मलेसियाबाट १ सयभन्दा बढी डिमाण्ड किनेर ल्याएको सूचना बाहिरिएपछि उनी पछि हटेको ती कर्मचारीले जानकारी दिए । संघका अध्यक्षले नै मलेसियाबाट प्रतिभिसा ९ हजार ५ सयमा डिमाण्ड किनेर ल्याएको समाचार मूलपत्रमा प्रकाशित भएको थियो ।

श्रम मन्त्रालयका कर्मचारीकै अनुसार संघका अध्यक्ष गुरुङले सचिवकै अगाडी बसेर कतिपय म्यानपावरमा तपाईको यस्तो समस्या रछ तत्काल मिलाउनु नत्र कानुनी समस्या भोग्नु पर्ला भनेर फोन गरेको थिए । सचिवले उनलाई मन्त्रालयमा बसेर यस्तो फोन नगर्नु भनेर सुझाव पनि दिएको उनको भनाइ छ ।

श्रम सचिव कृष्णहरि पुस्करले पनि मूलपत्रसँग भएको कुराकानीमा ठुलो संख्यामा म्यानपावरमा छापा मार्नुपर्ने माग म्यानपावरबाटै आएको बताएका थिए । जसमा केही ठुलो र राम्रो म्यानपावरको नाम आएपछि विभागलाई आन्तरिक अध्ययन गर्न निर्देशन दिएको समेत बताएका थिए ।

श्रम सचिवले उक्त लिष्ट साथमै लिएर गए किन कता हाले थाहा भएन । तर अहिले उक्त लिष्टको श्रम मज्त्री राजेन्द्रसिंह भण्डारीले खोजी गरिरहनु भएको श्रम मन्त्रालयकै एक उच्च अधिकारीको भनाइ छ ।

श्रममन्त्री भण्डारीसँग राम्रो सम्बन्ध भएको देखाउन र उनलाई रुझाउन संघका अध्यक्ष भुवन गुरुङले श्रममन्त्री भण्डारीलाई म्यानपावर व्यवसायीकै बारेमा पोल समेत लगाउँदै आएको पाइएको छ । उनले आफु विरोधी व्यवसायीका बारेमा नकारात्मक सूचना दिने समेत श्रमकै कर्मचारीहरु बताउँछन् ।

गत महिना संघका गुरुङसँग श्रम मन्त्री भण्डारीले म्यानपावर व्यवसायीले कामदारको स्वास्थ्य परिक्षण गराउँदा कमिशन लिनु हुन्छ रे भन्ने प्रश्नमा गुरुङले आफुले नलिने अरु ठुला र केही व्यवसायीले भने कमिशनकै आधारमा काम गर्ने मन्त्रीलाई जवाफ दिएको समेत मन्त्रीसँग बसेका एक कर्मचारीले मूलपत्रलाई जानकारी दिए ।

गुरुङले यस विषयमा विगतमा त्यस्तो काम गर्ने म्यानपावरको लिष्ट र जानकारी श्रम सचिवलाई जानकारी गराएको समेत मन्त्रीलाई सुनाए । त्यसपछि उनको पनि म्यानपावरमा छापा मार्नुपर्ने लिष्टमा हात रहेको आशंका गरिएको उनको भनाइ छ ।

श्रम मन्त्रीले केही संस्थागत र व्यक्तिगत ठगि रोक्न विषेश कार्यदल बनाएर काम गर्ने योजना सुनाउँदै आएका थिए । तर उनी चुनावी सरकारको मन्त्री भएका कारण प्रहरी बल नै खडा गरेर काम गर्ने विषयमा भने अहिले छलफलमा छन् ।

संघको अध्यक्ष भएको ७–८ महिना हुँदा समेत राम्रो र व्यवसायीका हकहितका लागि काम नगरेको भन्दै संघका अध्यक्ष गुरुङसँग संघसहित अधिकांश व्यवसायी असन्तुष्ट छन् । जसका कारण उनीको कार्यशैलीको विरुद्ध बोल्ने व्यवसायीमाथि गुरुङले छापा मार्नुपर्ने माग श्रम मन्त्रालयमा गर्दै आएको पाइन्छ ।

यस विषयमा बुझन खोज्दा उनले मूलपत्रको फोन उठाएनन् । विगतमा यस्तै विषयमा कुराकानी गर्न फोन गर्दा उनले अपशब्द प्रयोग गरेर बोलेका थिए ।

यो रिपोर्टसँग सम्बन्धीत तथ्य मूलपत्रले सुरक्षा राखेको छ

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com