पूर्वसांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने
काठमाडौँ। पूर्वसांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । आज जनकपुरधाममा हुने रास्वपाको कार्यक्रमबाट रास्वपा प्रवेश गर्न लागेको उनले बताएका छन् ।

आज जनकपुरमा रास्वपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साहलगायत शीर्ष नेताहरू पुगेका छन् । सोही कार्यक्रममा रास्वपा प्रवेश गर्ने तयारी रहेको सिंहले बताएका छन् ।
यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका सिंहले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
![]() |
![]() |
![]() |
|---|
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधामबाट नयाँ राजनीतिक अध्याय सुरु गर्न लागेको उल्लेख गरेका छन्। देश र मधेसमा व्याप्त भ्रष्टाचार तथा कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाएको आवाज अब पार्टीमार्फत अझ सशक्त रूपमा अघि बढाउने उनको भनाइ छ।
साथै उनले मधेसको शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासमा चासो राख्ने सम्पूर्ण नागरिकलाई उक्त कार्यक्रममार्फत एकजुट हुन आह्वान गरेका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



