फागुन २१ को निर्वाचनको लागि आज उम्मेदवार मनोनयन हुँदै
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि आज उम्मेदवार मनोनयन हुँदै छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा स्थापना भएको निर्वाचन कार्याल्यमा गई उम्मेदवार दर्ता गर्नुपर्नेछ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता लागु भइसकेको हुँदा सोही अनुसार कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय र उम्मेदवारी दर्ता गर्न आव्हान गरेको छ ।
उम्मेदवार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ ।
![]() |
![]() |
![]() |
|---|
राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धीत दलबाट प्राप्त सिफारीस समेत अनिवार्य गरिएको छ । दलबाट सिफारीस नभएका उम्मेदवारहरु स्वतन्त्र उम्मेदवार हुनेछन् ।
उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको हुनुपर्नेछ ।
उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम भर्नुपर्नेछ ।
Image Source: © https://mulpatra.com
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पेश गर्नु पर्ने छ । भने उम्मेदवारले आफ्नो सम्पत्ति विवरण समेत बुझाउनु पर्नेछ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



