मलेसिया दूतवासका कर्मचारीले अख्तियारी नदिइ घरविदामा फर्किदा २ सातादेखि मागपत्र प्रमाणिकरणमा समस्या
काठमाडौं– मलेसियास्थित नेपाली राजदूतवासले २ सातादेखि राम्ररी मागपत्र प्रमाणिकरण गरेको छैन । यसको मुख्य कारण भनेको दूतावासका कर्मचारी परिवारिक विदामा आउँदा अर्को कर्मचारीलाई अख्तियारी नदिनु भएको म्यानपावर व्यवसायीहरुले बताएका छन् ।

२ साताअघि श्रम कन्सुलर कृष्ण भुसाल आफन्तको मृत्युपछि नेपाल आएका थिए । उनले अर्को व्यक्तिलाई अख्तियारी नदिइ नेपाल आएका कारण १ साता मागपत्र प्रमाणिकरणको काम रोकिएको थियो ।
त्यसपछि केही दिनपछि कार्यबाहक राजदुत मुदिता बज्राचार्यको आमाको मृत्युपछि अख्तियारी नदिइ नेपाल फर्किएपछि त्यहाँ फेरी मागपत्र प्रमाणिकरणको काम रोकिएको छ । उनी २ सातापछि फर्किने भएपछि अझ मागपत्र प्रमाणिकरण काम समस्या हुने म्यानपावर व्यवसायीले गुनासो गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
दूतावासमा मागपत्र प्रमाणिकरणका फाइला थुप्रो लागेपछि कर्मचारी नभएको भन्दै दूतावासका कर्मचारी काम अगाडी नबढाउने गरेको म्यानपावर व्यवसायीहरुले श्रम मन्त्रालयमा गुनासो गर्न थालेका छन् ।
यस विषयमा आफुलाई जानकारी नभएको र दूतावासमा बुझेर समस्या समाधान गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दिपक काफ्ले जानकारी दिए । मागपत्र प्रमाणिकरणको काम छिटो र छरितो तरिकाले गर्न दूतावासका कर्मचारीसँग छलफल गर्ने उनले बताए ।
मलेसियाको दूतावासमा दैनिक ३ सयभन्दा बढी मागपत्र प्रमाणिकरणका लागि फाइल पुग्ने गरेका छन् । मागपत्र प्रमाणिकरणको काम समयमा नहुँदा व्यवसायी मारमा परेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



