आज राष्ट्रिय सभा निर्वाचनः १८ जना सदस्य चयनहुँदै

आज राष्ट्रिय सभा निर्वाचनः १८ जना सदस्य चयनहुँदै
  • १२ माघ २०८२, आईतवार ०८:०२

काठमाडौँ । आज राष्ट्रियसभामा निर्वाचन हुँदैछ । हरेक दुई बर्षमा एकतीहाइ सदस्य रिक्त हुने सभामा आज १८ जना निर्वाचनबाट चयन हुँदैछन् । २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ ।

mulpatra

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

कोशी प्रदेशको एक सदस्य निर्विरोध निर्वाचित भएकाले आज १७ सदस्यको लागि निर्वाचन हुन लागेको हो । १ जना भने सरकारको सिफारीसमा चयन हुने प्रावधान रहेको छ । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।

mulpatra mulpatra mulpatra

कोशी प्रदेशको विराटनगर मोरङ, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको मकवानपुरमा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, लुम्बिनी प्रदेशको घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको छ ।