Close

Recent Posts

सबै प्रदेशमा सुरु भयो राष्ट्रिय सभा निर्वाचन, ३ बजे सकिने

सबै प्रदेशमा सुरु भयो राष्ट्रिय सभा निर्वाचन, ३ बजे सकिने
  • १२ माघ २०८२, आईतवार १०:१६

काठमाडौं । सातै प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज सुरु भएको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ पदका लागि भइरहेको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

mulpatra

कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि मात्र मतदान भइरहेको छ । बाँकी सबै पदका लागि सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा बिहानदेखि मतदान प्रक्रिया अघि बढाइएको हो ।

प्रदेशगत रूपमा कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर–४ (धनुषा), बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा–४ (मकवानपुर), गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान भइरहेको छ ।

mulpatra mulpatra mulpatra

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । मतदान दिउँसो ३ बजे सकिएपछि मतगणनाको तयारी गरिने आयोगले जनाएको छ ।