Close

Recent Posts

साउदीसँग सोमबार श्रम सम्झौता हुँदै, घरेलु महिला कामदार नसमेटिने

साउदीसँग सोमबार श्रम सम्झौता हुँदै, घरेलु महिला कामदार नसमेटिने
  • १२ माघ २०८२, आईतवार १३:०९

काठमाडौं– प्रमुख श्रम गन्तव्य मुलुक भए पनि साउदीसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी नेतृत्वको टोली आइतबार साउदी जाने तय भएको छ ।

mulpatra

सोमबार साउदी अरेबिया र नेपालबिच श्रम सम्झौता हुने भएको छ  । गत १३ भदौको मन्त्रिपरिषद् बैठकले साउदीसँग श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको थियो । त्यसपछि आवश्यक तयारी गरेर सोमबार सम्झौता हुन लागेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।

सन् २०३४ मा हुने फिफा विश्वकप फुटबललाई ध्यानमा राख्दै साउदी अरेबियामा ठूलो मात्रामा श्रमिक आवश्यक पर्ने अनुमान गरिएको छ । यसलाई नेपालले सम्भावना भएको अवसरका रूपमा लिएको छ ।

mulpatra mulpatra mulpatra

उनका अनुसार प्रमुख श्रम गन्तव्य मुलुकभित्र पर्ने साउदीसँग सम्झौता गर्दा नेपाली कामदारको हितलाई पहिलो प्राथमिकता राखिने छ ।

साउदी कामदारको सुरक्षा र अधिकारलाई ध्यान दिएर सम्झौता हुनेछ ।’ साउदीसँगको सम्झौतामा श्रमिकको तलब–सुविधा, वातावरणमैत्री कार्यस्थल, सुरक्षाको प्रत्याभूति, अदक्ष र अर्धदक्षसँगै सिपयुक्त कामदार पठाउन पहल गर्नेलगायतका विषय समेट्ने नेपाली पक्षको तयारी रहेको उनले बताए ।

ओमानलाई श्रम सम्झौताका लागि मन्त्रालयले पत्राचार गरेको छ । २१ पुसको मन्त्रिपरिषद् बैठकले ओमानसँग पहिलोपटक श्रम सम्झौता गर्न स्वीकृति दिएको थियो । त्यसपछि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘मन्त्रिपरिषद्को निर्णयपछि ओमानलाई श्रम सम्झौताका लागि पत्राचार भएको छ, अब छलफल गरेर श्रम सम्झौताको मिति टुंग्याउँछौँ ।’

Image Source: © https://mulpatra.com

तीन महिनायता साउदी अरेबिया नेपाली कामदारको पहिलो रोजाइमा पर्दै आएको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा १५ हजार सात सय ६९, मंसिरमा १४ हजार तीन सय ३९ र पुसमा १३ हजार तीन सय २७ श्रमिक साउदी पुगेका छन् । जुन संख्या अन्य मुलुकमा रोजगारीका लागि जाने युवाको तुलनामा सबैभन्दा धेरै हो ।

ओमान प्रमुख दश श्रम गन्तव्य मुलुकको सूचीभित्रै पर्छ । पुसमा मात्रै १५ सय १६ युवाले वैदेशिक रोजगार विभागबाट ओमानका लागि श्रम स्वीकृति लिएका थिए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com