Close

Recent Posts

मलेसिया रोजगारीमा डिमाण्ड किन्न म्यानपावरबीच नै होडवाजी, अग्रस्थान बैरो संघका अध्यक्ष गुरुङ

मलेसिया जाने कामदारको लागत खर्च ५ लाख माथि

मलेसिया रोजगारीमा डिमाण्ड किन्न म्यानपावरबीच नै होडवाजी, अग्रस्थान बैरो संघका अध्यक्ष गुरुङमलेसिया जाने कामदारको लागत खर्च ५ लाख माथि
  • १३ माघ २०८२, सोमबार १७:१९

काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा मलेसिया कामदार पठाउँदै आएका म्यानपावर कम्पनीहरु भिसा किन्न होडवाजी गदै आएका छन् । मलेसियाको रोजगारी खुलेसँगै त्यहाँ जाने कामदारको डिमाण्ड प्रमाणिकरणको काम सुरु भएको छ ।

mulpatra

म्यानपावर कम्पनीले भने मलेसियाका रोजगारदाता कम्पनीसँग डिमाण्ड किनेर ल्याउने गरेका छन् । केही म्यानपावरले कम्पनीका एचआर र त्यहाँ भिसाि बिचौलियाको काम गदै आएका एजेन्टसँग मिलेर भिसा किन्न होडवाजी नै भइरहेको रोजगारी व्यवसायी बताउँछन् ।

जसमध्ये अग्रस्थानमा वैदेशिक रोजगार व्यवसायी सघकै अध्यक्ष भुवनसिंह गुरुङ रहेको मलेसियाबाट भिसाको बिक्री गदै आएका एक जना एनआरएनए नेपालीले जानकारी दिए । गुरुङले चिनियाँ र एक लामा थरका नेपालीसँग मिलेर भिसा किनेर नेपाल लैजाने गरेका छन् । उनले ९–१० हजार रिंग्रेटमा भिसा किनेर लैजाने गरेका छन् ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारी क्षेत्रमा ठुलो समस्या नै विचौलियाको हो । त्यसमा पनि संघका अध्यक्ष नै बिचौलियाको भर भिसा किनेर चर्र्को लागत खर्च कामदारसँग लिएर मलेसिया कामदार पठाइरहेको उनको आरोप छ । ‘मलेसियाको लागि काम गर्दै आएका म्यानपावर कम्पनीहरुले मलेसियाबाट नेपाली कामदारको डिमाण्ड ल्याएर काम शुरु गरेका छन् । तर, डिमाण्ड किन्नबेच कारण राम्रा कम्पनीले नेपालका लागि छुटाएका कोटा अन्य देशमा दिन थालेका छन् । यो विषयमा सरकारले सम्बन्धीत निकायसँग छलफल गरेर समस्या सामधान गर्नुपर्छ ।’ उनले भने ।

मलेसियामा रहेका म्यानपावर कम्पनीका एजेन्टले त्यहाँ राम्रा कम्पनीसँग डिमाण्ड किन्ने होडवानी नै भइरहेको एक रोजगार व्यवसायीले जानकारी दिए । मलेसियाका रोजगारदाता कम्पनीले रोजगारीका लागि ल्याएका श्रमिकलाई छुटाएको सेवा सुविधा विचौलियाले खाइरहेका छन् । सरकार यो विषयमा गम्भीर भएर काम गर्नुपर्ने उनीहरुको माग छ ।

विचौलियाबाट भइरहेको विकृति अन्त्य गन सरकारले कदम चल्नुपर्ने म्यानपावर व्यवसायीले माग गरिरहेका छन् । म्यानपावर कम्पनीले मलेसिया जाने कामदारसँग किनेको भिसा ३ देखि ५ लाखसम्म लागत खर्च उठाइरहेको वैदेशिक रोजगार विभागमा गुनासो आउने गरेको विभागले जनाएको छ ।

Image Source: © https://mulpatra.com

मलेसियाबाट ५–१० हजार दिराममा भिसा किनेर ल्याएर कामदारसँग ५ लाख लागत खर्च म्यानपावर व्यवसायीले उठाइरहेका छन् । हालै मात्र संघका अध्यक्ष गुरुङले नै केही डिमाण्ड किनेर ल्याएको र अहिले त्यसको विज्ञापन गरिरहेका छन् ।

संघका अध्यक्ष गुरुङले मलेसियाबाट डिमाण्ड किनेर ल्याउने मात्र होइन । त्यही देशमा रहेको नेपालीमार्फत हुण्डी कारोवार समेत गदै आएका छन् । उनले मलेसियाबाट डिमाण्ड किनेर ल्याएको पैसा मलेसियामै हुण्डीमार्फत बुझाउने गरेका छन् । यस विषयमा फोनमार्फत सोध्दा उनले फोन उठाएपछि गाली गरेर फोन राखे ।

नेपाल र मलेसिया सरकारबीच २०७५ साल कात्तिकमा भएको श्रम सम्झौता भएको थियो । श्रम सम्झौताको अवधि सकिएपनि मलेसियाले नवीकरणमा चासो दिएको छैन । यसका मुख्य कारण भनेको नै म्यानपावरले भिसा किनेर ल्याइ कामदार पठाउनु भएको व्यवसायीकै बुझाइ छ ।

मलेसियाको नयाँ विदेशी श्रमिक भित्राउन नीतिमा रोजगारदाता कम्पनीले झन्डै एक महिना बराबरको तलब अर्थात् १ हजार ५ सिय ५० रिंगेट सेवाशुल्क दिन व्यवस्था श्रम विभागबाटै गरिने भएको छ । तर, यो सेवा सुल्क भन्दा धेरै दिएर एजेन्टले डिमाण्ड किन्ने गरेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com