बालेन काठमाडौंमा भेटघाटमा व्यस्त, उनीकी श्रमिति सविना झापामा बालेनलाई भोट माग्न घरदैलोमा

बालेन काठमाडौंमा भेटघाटमा व्यस्त, उनीकी श्रमिति सविना झापामा बालेनलाई भोट माग्न घरदैलोमा
  • १३ माघ २०८२, सोमबार १३:३७

झापा दमक – झापा– ५ अन्तर्गत दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिएको छ । मनोनयन दर्तासँगै केही दिन बसेर उम्मेदवार बालेन्द्र साह (बालेन) फर्किसकेका छन् । अहिले बालेनबिनै रास्वपाका स्थानीय नेता कार्यकर्ताले घरदैलो गरेका हुन् ।

mulpatra

आज बिहान दमक–९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो । घरदैलो र मतदाता भेटघाटका क्रममा रास्वपाका नेताहरूले स्थानीय समस्या, गुनासा तथा सुझाव संकलन गरिरहेका छन् ।

घरदैलो अभियानमा पार्टीका महिला र युवाको उल्लेख्य सहभागिता देखिएको छ । बालेनलाई भोट माग्न पत्नी सविना पनि दमक आएकी छन् ।

mulpatra mulpatra mulpatra

दिउँसो ३ बजेदेखि कमल गाउँपालिका– ५ स्थित पाडाजुगी चोकबाट घरदैलो सुरू गर्ने तालिका बनाइएको पार्टीले जनाएको छ । कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने बताइएको छ ।