नेपालगञ्जमा बालेन पुग्दा कार्यकर्ता र समर्थकको भिड
काठमाडौं– झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचारको क्रममा नेपालगञ्ज पुगेका छन् । नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको भिड लागेको थियो ।

एयरपोर्टबाट रुफटप कारमा निस्किएका बालेनसँग सेल्फी खिच्ने र उनलाई हेर्न छतछतमा स्थानीय देखिएका छन् । विमानस्थलमा बालेनको स्वागतका लागि केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि पुगेका थिए । उनी त्यहाँबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने बताइएको छ ।
सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ ।
![]() |
![]() |
![]() |
|---|
सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् । उनले काठमाडौं, ललितपुरका केही निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुने समेत कार्यक्रम छ ।



