Close

Recent Posts

निर्वाचनमा ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै

निर्वाचनमा ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
  • १४ माघ २०८२, मंगलवार १०:२५

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सरकारले ती संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागेको जनाएको छ । निर्वाचन सुरक्षाका लागि मतदानको एक महिनाअघिबाट नेपाली सेनालाई फिल्डमा खटाउने तयारी सरकारले गरेको छ ।

mulpatra

यो निर्वाचनमा प्रतिनिधिसभा अन्र्तगतको समानुपातिक सांसदको ११० सिटमा ३ हजार २१३ उम्मेदवार रहेका छन् । प्रत्यक्षतर्फ १६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४०६ जनाको उम्मेदवारी परेको छ ।

२०७९ को निर्वाचनको अनुपातमा उम्मेदवार समेत धेरै भएको र मतदाता संख्या समेत बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् । २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । यो निर्वाचनमा मतदान केन्द्र समेत बढेर ११ हजार ९०१ पुगेको छ । अघिल्लो निर्वाचनमा यो संख्या १० हजार ८ सय ९२ थियो ।

mulpatra mulpatra mulpatra

गृह मन्त्रालयले ति मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरि विभिन्न वर्गमा बाँडेको छ । ती मतदान केन्द्रको सुरक्षाका लागि नेपाली सेनाबाट करिब ८० हजार, प्रहरीबाट करिब ७१ हजार, सशस्त्रबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र म्यादी प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।