बैंकको निष्कृय कर्जामाथि वित्तीय स्थायित्वको सम्भावित खतरा
काठमाडौँ– हालैमात्र नेपाल राष्ट्र बैंकले बाङ्लादेशी अडिट फर्ममार्फत् नेपालका १० ठूला बैंकहरुको बाह्य लेखापरीक्षण गराएको थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटा बैंकको निष्कृय कर्जा यो साल बढेको देखिएको छ । यसमध्ये हिमालयन बैंकको निष्कृय कर्जा सर्वाधिक करीब ३ प्रतिशत विन्दुले बढेको छ । त्यसपछि प्रभू र एनआईसी एसिया बैंकको निष्कृय कर्जा दर पोहोरको पुस मसान्तको तुलनामा यो साल २.९ प्रतिशत हाराहारी बढेको छ ।
लेखापरीक्षणमा कम्तिमा पनि ३ वटा बैंकको निष्कृय कर्जाको दर २० प्रतिशतभन्दा माथि पुग्ने देखिएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनीहरुले केही वाणिज्य बैंकका नाम लिएका छन्, जसको निष्कृय कर्जा २० प्रतिशतभन्दा माथि पुग्नसक्ने देखिएको छ । हामीले वित्तीय स्थायित्वको सम्भावित खतरालाई मध्येजनर गर्दै ती बैंकको नाम उल्लेख गरेका छैनौँ ।
तर, पछिल्ला दुई दिनमा प्रकाशित वाणिज्य बैंकहरुको अपरिस्कृत वित्तीय विवरणले यस विषयलाई ‘जनरअन्दाज’ गरेको देखिन्छ । बैंकहरुले स्वघोषणा गरेर प्रकाशित गरेको वित्तीय विवरणमा ८ प्रतिशतभन्दा कमैमात्र निष्कृय कर्जा रहेको देखिएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा र सिटिजन बैंकको निष्कृय कर्जाको दर पनि वितेको एक वर्षमा २ प्रतिशत विन्दुभन्दा फराकिलो अन्तरले बढेको छ । यी बैंकहरुमध्ये सिटिजनबाहेक सबै चार बैंकको निष्कृय कर्जा ८ प्रतिशत हाराहारी छ । कुमारी र सिटिजनको भने ७ प्रतिशतभन्दा थोरै कम ।
Image Source: © https://mulpatra.com
त्यसपछि प्राइम कमर्शियल बैंकको निष्कृय कर्जा ६.४ प्रतिशत हाराहारी छ । लक्ष्मी सनराइजको ५.५, नेपाल बैंकको ५.३ प्रतिशत छ । ग्लोबल आईएमईको ५ प्रतिशत हाराहारी छ भने कृषि विकास र एनएमबी बैंकको करीब साढे ४ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र नबिल बैंकको निष्कृय कर्जा दर ४ देखि ४.५ प्रतिशतको बीचमा छ । बाँकी बैंकहरुको निष्कृय कर्जा दर भने ४ प्रतिशतभन्दा कम छ ।
एभरेष्ट बैंकले अहिले पनि निष्कृय कर्जाको दर ०.६८ प्रतिशतमा रोकेको विवरण प्रकाशित गरेको छ । यो भनेको उसका कुनै पनि ऋणमा समस्या छैन भन्दा पनि हुन्छ । अर्थतन्त्र जतिसुकै बृद्धिको बाटोमा जाँदा पनि यो स्तरको निष्कृय कर्जा बैंकहरुमा हुनु स्वाभाविक हुन्छ । विगतमा लामो समय सर्वाधिक कम निष्कृय कर्जा राख्ने भनेर प्रचार गरेको सानिमा बैंक अहिले ५ औँ स्थानमा पुगेको छ ।
उसलाई एभरेष्टमात्रै होइन, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र सिद्धार्थ बैंकले पनि उछिनेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



