झापा–५ मा ओलीले जित्ने एमालेको विश्लेषण, २०–३० हजार मतान्तरले हराउने राश्वपाको दाबी
काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘हट स्पट’ बनेको छ– झापा–५ । यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा वरिष्ठ नेता बालेन शाहसहतिका उम्मेदवार प्रतिस्पर्धा छन् । तर, चर्चाको शिखरमा भने ओली र बालेन छन् । दुवै नेता भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार हुन् ।

यो क्षेत्रबाट २०६४ सालको निर्वाचनबाहेकका चुनावमा विजयी हुँदै आएका ओलीलाई टक्कर दिन बालेन झापा पुगेका हुन् । सामाजिक सञ्जालमा बालेनको क्रेज देखिएका बेला ओली कति जोखिममा छन् झापा–५ मा ? सामाजिक सञ्जालको हल्लाखल्लाले झापा–५ लाई प्रभाव नपारेको र ओली पनि जोखिम नरहेको एमालेको विश्लेषण छ ।
शुक्रबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले झापा–५ मा पार्टी (अध्यक्ष ओली) जोखिममा नरहेको एमालेको विश्लेषण सुनाए ।
![]() |
![]() |
![]() |
|---|
सामाजिक सञ्जालमा भएको हल्लाखल्लाले आफ्ना मतदातालाई कुनै पनि प्रभाव नपारेको दाबी गरेका उनले ओली सजिलै निर्वाचित हुने बताए ।
‘सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर, मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौँ । त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ,’ महासचिव पोखरेलले भने ।
तर राश्वपा झापाका अध्यक्ष प्रकाश पाठकका अनुसार झापाका ५ वटै निवार्चत क्षेत्रमा राश्वपाले जित्ने र झापा–५ मा भने बालेन शाहले ओलीलाई २०–३० हजार मत जित्ने गरी तयारी गरेको बताए । उनका अनुसार हामीले गरेको अध्ययनमा झापा–५ मा ओलीले धेरै मतान्तरले हार्ने तथ्यांक हामीले पाएका छौ । त्यही भएर राश्वपानले चुनावी प्रचारपनि सोहीअनुुसार गरेको उनको दाबी ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



