Close

Recent Posts

६ महिनामै साढे ४ खर्बको आँकडा पार, रियल स्टेट भने सुस्त

६ महिनामै साढे ४ खर्बको आँकडा पार, रियल स्टेट भने सुस्त
  • २२ माघ २०८२, बुधबार ०८:१५

काठमाडौं– बैंकहरूमा थुप्रिएको अधिक तरलता र पछिल्लो समय ब्याजदर एकल अंकमा झरेका कारण व्यक्तिगत आवासीय घर कर्जा लिनेहरूको संख्या बढेको छ।

mulpatra

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्मको तथ्यांक अनुसार व्यक्तिगत घर कर्जा शीर्षकमा बैंकहरूको लगानी ११.९० प्रतिशतले वृद्धि भएको छ।

तथ्यांक अनुसार यस वर्षको पुससम्म बैंक तथा वित्तीय संस्थाहरूले ४ खर्ब ५० अर्ब १ करोड ७१ लाख रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका छन्। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४ खर्ब २ अर्ब १७ करोड ११ लाख रुपैयाँ मात्र थियो।

mulpatra mulpatra mulpatra

यद्यपि, व्यक्तिगत घर कर्जामा उत्साह देखिए पनि ठूला रियल स्टेट परियोजना र जग्गा प्लटिङमा जाने कर्जा भने ४.५९ प्रतिशतले खुम्चिएको छ।

गत वर्ष २ खर्ब ७३ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको घरजग्गा कर्जा यस वर्षको पुससम्म घटेर २ खर्ब ६१ अर्ब १३ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। यसले बजारमा अझै पनि ठूला व्यावसायिक कारोबारमा मन्दी कायमै रहेको संकेत गरेको छ।