सरकारले रुखबाट पैसा टिपेर ल्याउने होइनः स्वास्थ्य मन्त्री डा. सुधा शर्मा

सरकारले रुखबाट पैसा टिपेर ल्याउने होइनः स्वास्थ्य मन्त्री डा. सुधा शर्मा
  • २५ माघ २०८२, शनिबार ०८:५१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता बिना खर्च नगर्न आग्रह गरेकी छिन् । “सरकारले रुखबाट पैसा टिपेर ल्याउने होइन, नागरिकले तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुन्छ,” भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले उक्त कुरा बताएकी हुन् ।

mulpatra

“सरकारले रुखबाट पैसा टिपेर ल्याउने होइन, नागरिकले तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुन्छ,” उनले भनिन्, “बजेटको परिधिभन्दा बाहिर गएर खर्च गर्न अर्थ मन्त्रालयको सहमति अनिवार्य हुन्छ, तर बीमा बोर्डले त्यो प्रक्रिया पालना नगरेको देखियो।”

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक दायित्व सिर्जना भएको बताएकी छन्। उनका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको १० अर्ब रुपैयाँ रकम वर्षको सुरुवातमै सकिएको छ भने बोर्डको निर्णयका कारण हाल वार्षिक करिब २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको छ।

mulpatra mulpatra mulpatra

संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गरे पनि यसको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय तहको भएको मन्त्री गौतमको भनाइ छ। उनले स्थानीय सरकारलाई स्वास्थ्य सेवा व्यवस्थापनमा थप जिम्मेवार र सक्रिय हुन आग्रह गरेकी छन्।

नागरिकलाई निःशुल्क र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर वित्तीय संकटमा परेको छ। आम्दानीको तुलनामा खर्च दोब्बर भएपछि स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र कार्यान्वयन क्षमतामाथि प्रश्न उठ्न थालेको छ।