आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ। कांग्रेसले आज को बैठक भर्चुअल रुपमा गर्न लागेको जनाएको छ ।

आज आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा तीन प्रस्तावमा छलफल गरिने जनाइएको छ । जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|



