फेरि सिंहदरबार जल्दैनः कांग्रेस सभापति गगनकुमार थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी दिनमा देशमा हिंसा, आगजनी र राज्यद्वारा बल प्रयोग दोहोरिन नदिने जिम्मेवारी कांग्रेसले लिन सक्ने दाबी गरेका छन्। उनले फेरि सिंहदरबार नजल्ने, नागरिकमाथि गोली नचल्ने र राजनीतिक अस्थिरता नदोहरिने ग्यारेन्टी दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले विगतका घटनालाई स्मरण गर्दै अबको राजनीति भरोसा, संवाद र जिम्मेवारीमा आधारित हुनुपर्ने बताए। “अर्को वर्षको भाद्र २३ र २४ पनि आउँछ,” उनले भने, “त्यो बेला फेरि सरकार नागरिकमाथि गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्छ भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ। यो जिम्मा हामी लिन्छौँ।”
थापाले देशभित्र बढ्दै गएको अविश्वास र विभाजनलाई अन्त्य गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको काँधमा आएको दाबी गरे। उनका अनुसार समाजमा फैलिएको असन्तोष, डर र आशंकालाई संवाद र भरोसामा बदल्ने काम कांग्रेसले गर्नेछ। “देश सम्हाल्ने काम कांग्रेसको हो,” उनले भने, “एक अर्काप्रतिको अविश्वासलाई भरोसामा बदल्नु हाम्रो कर्तव्य हो।”
![]() |
![]() |
![]() |
|---|
सभापति थापाले कांग्रेस अब पुरानै शैलीमा नचल्ने स्पष्ट पार्दै पार्टी परिवर्तनको बाटोमा अघि बढिसकेको बताए।



