दुर्गा प्रसाईलाई विना सर्त रिहा गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माग गरेको छ । आज शनिवारको लागि वीरगन्जमा हुने सभालाई सम्बोधन गर्न जाँदैगर्दा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई प्रहरीले दक्षिणकालि चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै प्रसाईँलाई दुस्ख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ। प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’
![]() |
![]() |
![]() |
|---|




