टी–२० विश्वकपमा नेपाल आज इङल्याण्डसँग भिड्दै

टी–२० विश्वकपमा नेपाल आज इङल्याण्डसँग भिड्दै
  • २६ माघ २०८२, आईतवार ०७:५२

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले आज शक्तिशाली टोली इङल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने समूह ‘सी’ को यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

mulpatra

नेपाल र इङल्याण्डबीच कुनै पनि फर्म्याटमा यो पहिलो भेट हो । रोहित पौडेलको कप्तानीमा नेपाल तेस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको हो । यस समूहमा नेपालसँगै इङल्याण्ड, वेष्ट इण्डिज, स्कटल्याण्ड र इटाली रहेका छन् ।

नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग खेल्नेछ । त्यसपछि १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपालका सबै खेल वानखेडे स्टेडियममै हुनेछन् ।

mulpatra mulpatra mulpatra