पूर्वराजा ज्ञानेन्द्र फागुन १ गते झापाबाट काठमाडौं फर्किंदा ‘शक्ति प्रदर्शन’ गर्ने

पूर्वराजा ज्ञानेन्द्र फागुन १ गते झापाबाट काठमाडौं फर्किंदा ‘शक्ति प्रदर्शन’ गर्ने
  • २६ माघ २०८२, आईतवार १२:१२

काठमाडौं– राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किने दिने ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । राजसंस्थावादीहरुको आह्वानमा हजारौँ मानिस सहभागी भएर पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म पु¥याएका थिए ।

mulpatra

अघिल्लो वर्ष फागुन २५ गते पोखराबाट काठमाडौंमा फर्किंदा हजारौँ मानिस सहभागी भएर उनको भव्य स्वागत गरेका थिए ।

यसको पुनारावृत्ति गर्दै राप्रपाले फेरि पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलबाट भव्य स्वागत गर्न लागेको हो । आगामी फागुन १ गते झापाबाट काठमाडौं फर्किंदा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गर्ने भन्दै राप्रपाले सहभागी हुन आह्वान गरेको छ ।

mulpatra mulpatra mulpatra

पारिवारिक भेटघाटक्रममा झापा पुगेको पूर्वराजा ज्ञानेन्द्र आगामी फागुन १ गते काठमाडौँ फर्कदैँ छन् । उनको स्वागतसहित निषेधको राजनीति अन्त्यका लागि सबैलाई सहभागी हुन आह्वान गरिएको राप्रपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘हामी फागुन १ गते राजालाई काठमाडौँ विमानस्थलमा भव्य स्वागत गर्नेछौँ, निषेधको राजनीति अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौँ,’ उनले भने ।

प्रवक्ता श्रेष्ठसहित राप्रपाका वरिष्ठ नेता धवल शमशेर राणा र रवीन्द्र मिश्रले पनि सबैलाई सहभागी हुन आह्वान गरेका छन् ।

Image Source: © https://mulpatra.com

‘फागुन १ गते श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेव सरकार झापाबाट हुने फिर्ति सवारीलाई सभ्य र भव्य बनाउन सम्पूर्ण राजभक्त, देशभक्तहरु एक भएर सरकारको स्वागतार्थ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थाल पुगौँ । सरकारलाई तेस्रो पटक राज्यारोहण गराउन एकजुट हौँ,’ राणाले भनेका छन् ।

यस्तै नेता मिश्रले पनि फेसबुकमा लेखेका छन्, ‘राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य–भव्य–भव्य स्वागत गरौँ, देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन् । यो एकदम सकारात्मक संकेत हो ।

राजस्थावादी आमसर्वसाधारण त उपस्थित हुने नै छन् । तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौँ उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com