Close

Recent Posts

आईसीसी टी– २० विश्वकपमा देखिने भएर भारत र पाकिस्तान

आईसीसी टी– २० विश्वकपमा देखिने भएर भारत र पाकिस्तान
  • २८ माघ २०८२, मंगलवार ०७:३३

काठमाडौं । पाकिस्तानी सरकारले आईसीसी टी २० विश्वकम क्रिकेटमा भारसँगको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिएको छ । सुरक्षा चिन्ता जनाउँदै पाकिस्तान सरकारले उक्त निर्णय गरेको जनाएको थियो ।

mulpatra

यसअघि पाकिस्तान सरकारले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टमार्फत पाकिस्तानी क्रिकेट टोलीलाई प्रतियोगिताको लागि श्रीलंका यात्रा गर्न अनुमति दिए पनि भारतविरुद्धको खेल नखेल्न भनेको थियो ।

यो निर्णय पछि पाकिस्तान १५ फेब्रुअरीमा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ ।पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मित्र राष्ट्रहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।

mulpatra mulpatra mulpatra

सुरक्षा चिन्ताका कारण भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले २४ जनवरीमा बंगलादेशलाई प्रतियोगिताबाट हटाएको थियो गरेको थियो । त्यसयता विश्वकपमा पाकिस्तानको सहभागिता शंकास्पद बनेको थियो ।

बीसीबीका साथै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले गरेको अनुरोध समेत सरकारले समीक्षा गरेको जनाएको छ ।