बाराका किसान गुनासो गर्दै उखु काट्न भ्याइनभ्याई
काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु भित्र्याउने सिजन सुरु भएसँगै यतिबेला यहाँका किसानलाई उखु काट्न भ्याइनभ्याई छ ।

बिहानैदेखि साँझसम्म खेतबारीमा खटिएर उखु काट्ने र चिनी मिलसम्म पु¥याउने काममा किसानहरू व्यस्त देखिएका छन् ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने सरकारी अनुदान बापतको ७० रुपैयाँ थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था छ । तर उत्पादन लागत निकै बढेका कारण यो मूल्यले लगानी पनि नउठ्ने किसानहरूको गुनासो छ ।
![]() |
![]() |
![]() |
|---|
किसान प्रतिनिधिहरूले प्रति क्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए। मूल्य निर्धारणमा कुरा नमिल्दा हरेक वर्ष जस्तै यसपटक पनि किसान र चिनी मिल सञ्चालकबिच किचलो देखिएको छ ।
जिल्लाको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरूको लर्को लागेको छ । उखु खेती धेरैका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको भए पनि उचित मूल्य नपाउँदा उनीहरूमा खासै उत्साह देखिँदैन ।
फागुनदेखि वैशाखसम्म रोपेको उखु १० देखि १२ महिनापछि अर्थात् मंसिरदेखि फागुनसम्म काट्ने उपयुक्त समय मानिन्छ । सोही अनुसार जाडो याम सुरु भएसँगै बाराका ग्रामीण भेगमा उखु काट्ने र मिलमा लैजाने चटारो बढेको हो ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



