बहुमत सुनिश्चित भएको प्रचण्ड–माधवको निचोड
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले पार्टीको पक्षमा देशभर जनलहर देखिएको दाबी गरेको छ । संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालद्वारा जारी अपानिमा पार्टीको पक्षमा राजनीतिक वातावरण सकारात्मक बन्दै गएको उल्लेख गरेका छन् ।

पार्टी जिम्मेवारीमा रहेकादेखि सदस्यसम्म सबैलाई चुनावमा केन्द्रित हुन आह्वान गरेका छन् । पार्टीका उम्मेदवार विरुद्ध पार्टीका कुनै पनि सदस्यले गतिविधि गरेको पाइएमा तुरुन्त कारबाहीको प्रक्रिया अगाडि बढाउने, निर्वाचन परिचालन समिति क्षेत्र, पालिका, वडा, टोल र बुथसम्म विस्तार गर्न समेत निर्देशन दिएका छन् ।
अपानिमा भनिएको छ, ‘निर्वाचनबाट संसदमा बहुमत प्राप्त गर्ने, सरकारको नेतृत्व गर्ने तथा हाम्रो घोषित नीति तथा कार्यक्रमलाई लागू गर्ने दिशातर्फ हामी पूर्ण रूपमा अग्रसर हुनुपर्छ । हामी यस महत्त्वपूर्ण घडीमा पार्टीका सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्दछौँ । हाम्रो पार्टीको पक्षमा राजनीतिक वातावरण सकारात्मक बन्दै गएको छ । मतदाताको समर्थन क्रमिक रूपमा बढ्दै गएको छ । हामी विश्वास गरौँ–विजय सुनिश्चित छ ।’
![]() |
![]() |
![]() |
|---|
अपानिमा भनिएको छ, ‘बुथमा खटिने स्वयंसेवकहरूलाई आवश्यक प्रशिक्षण र अभिमुखीकरण गर्ने । मतदान गर्नु अघि, मतदान भइरहेको अवधिमा र मतगणना हुँदा सचेत रहने । प्रत्यक्ष र समानुपातिक मतगणनाको कार्य समाप्त नभएसम्म गणनामा संलग्न स्वयंसेवकहरू यथावत् रूपमा कार्यरत रहने ।’
निर्वाचन परिचालनको कार्य सरल, शालीन र मितव्ययी ढङ्गले सञ्चालन गर्न, निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिताको पालना गर्न, पार्टीको घोषणापत्र र अपिलको विषयवस्तुहरूलाई सरल ढङ्गले जनताको घरदैलोमा पु¥याउन समेत पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्।



