आइसिसी टी–२० विश्वकप क्रिकेटः आज नेपाल र इटाली खेल्दै
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे सुरु हुने यो खेल समूह चरणको समीकरणका हिसाबले दुवै टोलीका लागि निर्णायक मानिएको छ।

पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। सुपर–८ पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीलाई जित अनिवार्य भएकाले खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।
कप्तान रोहितकुमार पौडेलले इटालीलाई कमजोर आँक्न नहुने उल्लेख गर्दै बनाइएका योजना मैदानमा उतार्ने सही समय आएको बताए। यता इटालीका प्रशिक्षक जोन डेभिसनले नेपालविरुद्धको खेल चुनौतीपूर्ण हुने बताएका छन् भने कप्तान वेन म्याडसन चोटका कारण आजको खेल गुमाउने निश्चित भएको छ।
![]() |
![]() |
![]() |
|---|
नेपाल र इटालीबीच टी–२० मा यो पहिलो भेट हो। यद्यपि ५० ओभरको प्रतियोगितामा भने नेपालले तीनै पटक जित हात पारेको इतिहास छ। पछिल्ला वर्षमा नेपाली टोलीले टी–२० फर्म्याटमा उल्लेखनीय सुधार गर्दै आएको छ।
नेपाली टोलीको ब्याटिङमा कुशल भुर्तेल र आसिफ शेख प्रमुख आधार हुन् भने कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीका मुख्य हतियार मानिन्छन्। बलिङतर्फ सन्दीप लामिछानेको लेग स्पिन तथा करण केसी र नन्दन यादवको तीव्र गति महत्वपूर्ण रहनेछ।
इटालीका जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ चुनौतीका रूपमा उभिनेछन्। साथै, आजको खेलमा नेपालका आरिफ र आसिफ शेखसहित तीन जोडी दाजुभाइ मैदान उत्रने सम्भावनाले खेललाई थप रोचक बनाएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



