इटालीविरुद्ध नेपाल पहिले ब्याटिङमा
काठमाडौं– टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।
नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
दुवै टोली आज पहिलो जितको खोजीमा छन् । नेपालको प्लेइङ ११ कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने छन् ।



