८ बैंकले घटाए ब्याज दर
काठमाडौँ– वाणिज्य बैंकहरुले फागुन महिनाका लागि आफ्नो ब्याजदर थप घटाएका छन्। बजारमा पर्याप्त तरलता र लगानीको मागमा कमी आएपछि बैंकहरुले माघको तुलनामा फागुनका लागि ब्याजदरमा कटौती गरेका हुन्।

माघ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपतर्फ औसत ४.६८४५ प्रतिशत ब्याज प्रदान गरेका थिए। तर, फागुनका लागि भने बैंकहरुले औसतमा ०.११५५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । अब फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ४.५६९ प्रतिशत मात्र ब्याज दिने भएका छन् ।
यस महिना अधिकांश बैंकहरुले आफ्नो ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन्। विवरण अनुसार कुनै पनि बैंकले यस पटक ब्याजदर बढाएका छैनन् ।
![]() |
![]() |
![]() |
|---|
यी हुन् ब्याजदर घटाउने बैंकहरु
फागुन महिनाका लागि ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन्।
ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा धेरै ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएर ४.७५ प्रतिशत कायम गरेको छ।
Image Source: © https://mulpatra.com
यस्तै सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ प्रतिशत विन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ भने सानिमा बैंकले ०.०५ प्रतिशत विन्दुले घटाएर ४.५ प्रतिशत ब्याज तोकेको छ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम, नेपाल एसबिआई र एभरेष्ट बैंकले समान रूपमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ४.२५ प्रतिशत कायम गरेका छन्।
ब्याजदर स्थिर राख्ने बैंकहरु
नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज र कुमारी बैंकले भने माघ महिनाकै ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिएका छन्।
फागुनमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले फागुनमा ४.७५ प्रतिशत ब्याज दिने भएको छ ।
यता सबैभन्दा कम ब्याज दिनेमा सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम, नेपाल एसबिआई र एभरेष्ट बैंक रहेका छन्। फागुनमा यी बैंकहरूले समान ४.२५ प्रतिशत ब्याज दिने भएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



