Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

बीएनपीले विजयी जुलुस र उत्सव नगरी देशभर ’प्रार्थना सभा’मात्र गर्ने

बीएनपीले विजयी जुलुस र उत्सव नगरी देशभर ’प्रार्थना सभा’मात्र गर्ने
  • १ फाल्गुन २०८२, शुक्रबार १२:४४

ढाका- बङ्गलादेशको आम निर्वाचनमा सानदार जित हासिल गरेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले देशभर विशेष ’प्रार्थना कार्यक्रम’ को घोषणा गरेको छ।

mulpatra

बीएनपीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबारको नमाज (जुम्मा) पछि देशभरका मस्जिदहरूमा विशेष प्रार्थना सभा आयोजना गरिनेछ । यो कार्यक्रम मुख्यतया दिवङ्गत नेता खालिदा जियाको स्मरण र देशवासीको समृद्धिका लागि केन्द्रित हुने समाचारमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ’स्वर्गीय पूर्व प्रधानमन्त्री खालिदा जियाको आत्माको शान्ति र सम्पूर्ण देशवासीको भलाइका लागि प्रार्थना गरिनेछ ।’

mulpatra mulpatra mulpatra

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपीकी लामो समयसम्म नेतृत्व सम्हालेकी प्रभावशाली नेतृ खालिदा जियाको गत डिसेम्बर ३० मा ८० वर्षको उमेरमा निधन भएको थियो । उनी बङ्गलादेशी राजनीतिको एक शिखर व्यक्तित्व थिइन् ।

निर्वाचनमा बहुमत प्राप्त गरे पनि बीएनपीले अहिले कुनै पनि प्रकारको विजय उत्सव, जुलुस वा सार्वजनिक सभाहरू भने नगर्ने निर्णय गरेको छ । पार्टीले आफ्ना कार्यकर्ताहरूलाई संयमित रहन र उत्सवको सट्टा प्रार्थनामा केन्द्रित हुन निर्देशन दिएको हो ।