टी–२० विश्वकपः आज नेपाल वेष्ट इण्डिजसँग भिड्दै

टी–२० विश्वकपः आज नेपाल वेष्ट इण्डिजसँग भिड्दै
  • ३ फाल्गुन २०८२, आईतवार ०९:४७

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट समूह चरणमा नेपालले आज तेश्रो खेलका रुपमा वेष्ट इण्डिजसँग खेल्दैछ । मुम्बईको वानखेडे रंगशालामा आइतबार बिहान सवा ११ बजे बाट खेल शुरु हुनेछ ।

mulpatra

समूह चरणको दुई खेलमा पराजित भएको नेपालका लागि यो खेल जित्नै पर्ने दबाबमा छ । पहिलो खेल इङ्ग्ल्याणसँग हारेको नेपालले दोश्रो खेलमा इटालीबाट १० विकेटको अन्तरमा हारको सामना गर्नुपरेको थियो ।

सहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।
आईसीसी टी–२० वरियतामा सातौं स्थानमा रहेको वेस्ट इन्डिजले भने अघिल्लो दुबै खेल जितेर सुपर ८ मा पुग्ने दाउमा छ ।

mulpatra mulpatra mulpatra

नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।