वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै
काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् ।
![]() |
![]() |
![]() |
|---|
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



