Close

Recent Posts

कुनैपनि दलका उम्मेदवारहरुलाई चन्दा नदिन बिर्तामोड उद्योग वाणिज्य संघको पत्र

कुनैपनि दलका उम्मेदवारहरुलाई चन्दा नदिन बिर्तामोड उद्योग वाणिज्य संघको पत्र
  • ३ फाल्गुन २०८२, आईतवार १९:०७

बिर्तामोड– बिर्तामोडका व्यवसायीहरुको छाता संस्था बिर्तामोड उद्योग वाणिज्य संघले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचनका लागी राजनीतिक दल र तीनका उम्मेदवारहरुलाई चन्दा नदिन बिर्तामोडमा रहेका व्यवसायीहरुलाई आग्रह गरेको छ ।

mulpatra

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण सम्पूर्ण व्यवसाय ठप्प हुँदा त्यसपछि देखिएको आर्थिक मन्दीका कारण व्यवसाय ठप्प हुने अवस्था भोगिरहेका व्यवसायीहरुलाई निर्वाचनका लागि सहयोग भन्दै राजनीतिक दल र तीनका उम्मेदवारहरुले व्यवसायीहरुसंग चन्दा माग्ने क्रम बढेकाले निर्वाचनका लागी राजनीतिक दल र तीनका उम्मेदवारहरुलाई चन्दा नदिन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु ल्यौपानेले बिर्तामोडमा रहेका व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

कुनै पनि राजनीतिक दल र तीनका उम्मेदवारले पत्र काटेर चन्दा मागेको खण्डमा जानकारी गराउन व्यवसायीहरुलाई आग्रह गर्दै उनले निर्वाचनका लागी राजनीतिक दल र तीनका उम्मेदवारहरुले पत्र पठाएरै करकापमा चन्दा मागेमा त्यसको विरोध गर्न आफूहरु तयार रहेको बताए ।

mulpatra mulpatra mulpatra

निर्वाचनका लागी राजनीतिक दल र तीनका उम्मेदवारहरुले अहिलेसम्म व्यवसायीहरुसंग चन्दा मागेको विषयमा जानकारी नआएको बताउँदै अध्यक्ष न्यौपानेले चन्दाका लागि राजनीतिक दल र तीनका उम्मेदवारहरुले पत्र पठाएमा कुन कुन दल र उम्मेदवारले त्यसरी चन्दा मागेका छन् त्यसको रेकर्ड राखेर सार्वजनिक रुपमै भण्डाफोर गरिने चेतावनी दिए ।

निर्वाचनका नाममा व्यवसायीलाई दबाब दिएर चन्दा उठाउने कार्य अस्वीकार्य रहेको बताउँदै उनले पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नचलेर घर खर्च नै चलाउन नसक्ने अबस्थामा निर्वाचनका लागी राजनीतिक दल र तीनका उम्मेदवारहरुलाई चन्दाको नाममा व्यवसायीहरुलाई दुःख नदिन आग्रह गरेका छन् ।

निर्वाचन आयोगले पनि राजनीतिक दल तथा तीनका उम्मेदवारहरुलाई अपारदर्शी रुपमा आर्थिक सहयोग एवं चन्दा नदिन आग्रह गरेको बताउँदै उनले बिर्तामोड उद्योग वाणिज्य संघले यस्तो प्रवृत्तिको कडा विरोध गर्ने जनाए । राजनीतिक दल र तीनका उम्मेदवारहरुलाई उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

Image Source: © https://mulpatra.com

बिर्तामोड उद्योग वाणिज्य संघले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचनका लागी राजनीतिक दल र तीनका उम्मेदवारहरुलाई चन्दा नदिन बिर्तामोडमा रहेका व्यवसायीहरुलाई आग्रह गरेकामा व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com