टी–२० विश्वकप २०२६ नेपालले तेश्रो खेल पनि हार्यो, वेष्ट इण्डिज ९ विकेटले विजयी
काठमाडौं । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको आइसिसी टी–२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालको सुरुवाती नै निकै खराब भएको थियो । खराब सुरुवात भएपछि १३३ रनमा सिमित हुन पुगेको नेपाललाई वेस्ट इन्डिजले १५.२ ओभरमा ९ विकेट बाँकी रहँदै पराजित गर्न पुगेको छ ।
लगातार विकेट गइरहँदा नेपाल कम स्कोरमा समेटिने स्थिति पैदा भइरहँदा टोलीका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने अर्धशतक हानेर विश्वकममा १२ बर्षपछि अर्धशतक पुर्याउने खेलाडी हुन सफल भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
नेपालका लागि टी–२० विश्वकपमा पहिलो अर्धशतक बनाउने खेलाडी सुवास खकुरेल रहेका थिए । उनले सन् २०१४ मा अफगानिस्तानविरूद्ध अर्धशतक प्रहार गरेका थिए ।
आइसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालले पहिलो खेल इग्ल्याण्डसँग खेलेको थियो । प्रतिस्पर्धामा खरो उत्रिएको नेपाल जित नजिक पुगे पनि इग्ल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । दोश्रो खेलमा भने नेपाल इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको थियो।
लगातार तीन जित निकालेको वेस्ट इन्डिज भने सुपर-८ मा पुगेको छ। यसअघि उसले स्कटल्यान्ड र इंग्ल्यान्डलाई हराएको थियो। लगातार दुई खेल हारेको नेपाललाई आज जित्नै पर्ने दबाब भए पनि वेष्ट इण्डिजसँग हार्न पुगेपछि नेपालको विश्वकप यात्रा समाप्त भएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



