Close

Recent Posts

पाकिस्तानलाई हराउँदै भारत टी–२० विश्वकप २०२६को सुपर ८ मा

पाकिस्तानलाई हराउँदै भारत टी–२० विश्वकप २०२६को सुपर ८ मा
  • ४ फाल्गुन २०८२, सोमबार ०६:५२

काठमाडौं । पाकिस्तानसँगको खेलमा भारतले सहज जीत निकालेपछि भारत टी–२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ । भारतले विश्वकमको समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।

mulpatra

भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भएपछि भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो ।

भारतसँग पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको अर्को खेलबाट सुपर ८ मा जाने सम्भावना भने कायमै छ ।

mulpatra mulpatra mulpatra

पाकिस्तानका जसप्रित बुमराह, हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अक्षर पटेललले दुई–दुई विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले एक–एक सफलता हात पारे ।

बलिङतर्फ पाकिस्तानका सइम अयुवले तीन तथा सलमान अघा, उस्मान तारिक र शाहिन शाह अफ्रिदीले एक–एक विकेट लिए ।

भारतले पहिलो खेलमा अमेरिकालाई २९ रनले हराएको थियो भने दोस्रो खेलमा नामिबियालाई ९३ रनले पराजित गरेको थियो । अर्कोतर्फ पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com