नेपालको चुनाव र सत्ता परिवर्तनबारे अमेरिकी संसदमा छलफलको विषय बन्यो
काठमाडौं– गत साता त्यहाँ निर्वाचनको अन्तिम तयारी भइरहँदा अमेरिकी संसद (कंग्रेस) मा सोको र नेपालमा हुन लागेको निर्वाचनबारे छलफल भएको थियो । यसलाई वासिङ्टनले रणनीतिक महत्व दिएको अर्थ लगाइएको छ ।

दक्षिण एशियामा तीव्र गतिमा बदलिँदै गरेको राजनीतिक परिदृश्यबीच अमेरिकाले नेपालतर्फ थप कूटनीतिक चासो बढाएको संकेत देखिएको छ ।
बंगलादेशमा २०२४ को विद्रोहपछिको पहिलो आमनिर्वाचनको परिणामस्वरूप आज नयाँ सरकार गठन हुँदै छ ।
![]() |
![]() |
![]() |
|---|
अमेरिकी कंग्रेसमा दक्षिण तथा मध्य एशिया केन्द्रित विदेश नीतिबारे आयोजित सुनुवाइका क्रममा कंग्रेस सदस्य बील हुइजेन्गाले नेपाल र बंगलादेशलाई “लोकतान्त्रिक संक्रमणको निर्णायक चरण” मा रहेको मुलुकको रुपमा उल्लेख गरेका थिए ।
यी दुवै मुलुकमा देखिएको युवा–केन्द्रित राजनीतिक सक्रियता र निर्वाचन प्रक्रिया अमेरिकाका लागि सहकार्यको नयाँ अवसर हुनसक्ने उनको निश्कर्ष छ ।
हुइजेन्गाले दक्षिण एशियालाई विश्व राजनीति र अर्थतन्त्रमा बढ्दो प्रभाव राख्ने क्षेत्रका रूपमा चित्रण गर्दै तीन वटा विषयमा जोड दिएका छन् । (क) यस क्षेत्रको ठूलो युवा जनसंख्याले आगामी दशकमा आर्थिक तथा राजनीतिक दिशालाई प्रभावित गर्नेछ । (ख) हिन्द महासागरका प्रमुख समुद्री मार्गहरू अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त संवेदनशील छन् । (ग) लोकतान्त्रिक स्थायित्व र पारदर्शी शासन प्रणाली क्षेत्रीय सुरक्षा सन्तुलनका लागि आवश्यक छ।
Image Source: © https://mulpatra.com
उनले “स्वतन्त्र र खुला हिन्द महासागर” कायम राख्नु अमेरिकी राष्ट्रिय तथा आर्थिक सुरक्षाको प्राथमिकता भएको बताउँदै चीनको प्रभाव र वैकल्पिक साझेदारीलाई रोक लगाउनुपर्ने खुलमखुल्ला उल्लेख गरे । संसदीय सुनुवाइमा उनले चीनको बीआरआईमार्फत विस्तार भइरहेको पूर्वाधार कूटनीतिको आलोचना गरेका छन् । बीआरआईलाई उनले ‘ऋणजाल’को संज्ञा दिँदै ‘जोखिम बोकेको संरचना’ भनेका छन् । उनको निश्कर्ष छ ः विकासशील देशहरू दीर्घकालीन ऋणभारमा फस्न सक्छन् ।
यस सन्दर्भमा नेपालजस्ता चीनसँग सिमाना जोडिएका मुलुकहरूसँग पारदर्शी, उत्तरदायी र दिगो विकास साझेदारी विस्तार गर्नुपर्नेमा उनले जोड दिए । साथै,भारत र भुटानसँग पनि व्यापार तथा सुरक्षा सहकार्य सुदृढ गर्नुपर्ने धारणा राखे ।
हुइजेन्गाको सुनुवाईपछि नेपालमा हुन लागेको निर्वाचनलाई अमेरिकाले लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणको अवसरका रूपमा हेरेको बुझिन्छ । यद्यपि,अमेरिकी पक्षले कुनै दल वा शक्ति विशेषलाई प्रत्यक्ष रुपमा समर्थन गरेको देखाएको छैन ।
कूटनीतिक विश्लेषकहरूका अनुसार दक्षिण एशियामा बढ्दो शक्ति प्रतिस्पर्धा विशेषगरी अमेरिका र चीनबीचका कारण नेपालजस्ता रणनीतिक अवस्थिति भएका मुलुकहरूमा अन्तर्राष्ट्रिय चासो स्वाभाविक रूपमा बढेको छ । हिमालयदेखि हिन्द महासागरसम्म फैलिएको भूराजनीतिक सन्तुलनमा नेपालले खेल्ने पछिल्लो भूमिकालाई वासिङ्टनले नजिकबाट नियालिरहेको स्पष्ट हुन्छ ।
बंगलादेशपछि नेपाल पनि अमेरिकी रणनीतिक प्राथमिकतामा परेको संकेत भदौ २३ र २४ गते अगाडिका गोप्य घटनाक्रमले पनि पुष्टि गरिसकेको छ ।
त्यसमा भदौ २१ गतेको निर्वाचनले फरक ढंगको नतिजा दिएमा आन्तरिक राजनीतिक दिशा मात्र होइन, वाह्य कूटनीतिक सम्बन्धको सन्तुलनमा समेत दीर्घकालीन प्रभाव पार्ने निश्चित छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



