धनगढीमा आज रास्वपा रवि र बालेनले एउटै मन्चमा ले सम्बोधन गर्ने

धनगढीमा आज रास्वपा रवि र बालेनले एउटै मन्चमा ले सम्बोधन गर्ने
  • ६ फाल्गुन २०८२, बुधबार ०९:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभामा रबि र बालेनले एउटै मन्चबाट सम्बोधन गर्ने भएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले धनगढीको पशुपति टोलमा चुनावी सभा आयोजनना गर्न लागेको हो ।

mulpatra

उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि रास्वपाले मधेश प्रदेश धनुषाको जनकपुरमा माघ ५ गते पहिलो उद्घोष सभा आयोजना गरेको थियो । बालेनले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति लामिछाने चितवन २ बाट र वरिष्ठ नेता शाह झापा ५ बाट उम्मेदवार छन्। सुदूरपश्चिममा आफ्नो संगठनात्मक उपस्थिति मजबुत बनाउने प्रयास अनुसार आज धनगढीमा गर्न लागेको सभा हजारौँको उपस्थिति रहने रास्वपाले जनाएको छ । चुनावी सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

mulpatra mulpatra mulpatra