Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

बंगलादेशका प्रधानमन्त्री रहमानलाई मोदीको व्यक्तिगत भारत भ्रमणको निम्ता

बंगलादेशका प्रधानमन्त्री रहमानलाई मोदीको व्यक्तिगत भारत भ्रमणको निम्ता
  • ६ फाल्गुन २०८२, बुधबार १२:०१

काठमाडौं– बंगलादेशमा मंगलबारदेखि नयाँ राजनीतिक अध्याय सुरु भएको छ। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको छ र तारिक रहमान नयाँ प्रधानमन्त्री बनेका छन्।

mulpatra

भातरीय प्रधानमन्त्री मोदीले पठाएको पत्रमा तारिक रहमानलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरिएको छ। शपथ ग्रहण समारोहपछि भएको शिष्टाचार भेटघाटमा बिरलाले उक्त पत्र हस्तान्तरण गरेका थिए।

यस ऐतिहासिक अवसरमा भारतले खुसी व्यक्त गरेको छ । ढाकामा आयोजित शपथ ग्रहण समारोहमा भारतको तर्फबाट प्रतिनिधित्व गर्दै ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत बधाई सन्देश तारिक रहमानलाई हस्तान्तरण गरेका छन्।

mulpatra mulpatra mulpatra

भेटपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बिरलाले लेखेका छन्, “मैले प्रधानमन्त्री मोदीको व्यक्तिगत पत्र रहमानलाई हस्तान्तरण गरेको छु। पत्रमा उहाँलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा दिइएको छ।”

उनले भारतका जनताको तर्फबाट पनि शुभकामना व्यक्त गर्दै दुई छिमेकी देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याएका छन्।

मोदीको दोस्रो व्यक्तिगत पत्र

Image Source: © https://mulpatra.com

यो प्रधानमन्त्री मोदीले तारिक रहमानलाई पठाएको दोस्रो व्यक्तिगत पत्र हो। यसअघि रहमानकी आमा तथा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएपछि पनि मोदीले समवेदना पत्र पठाएका थिए।

गत साता सम्पन्न आमनिर्वाचनमा बीएनपीले जित हासिल गरेकै दिन मोदीले रहमानसँग दूरभाष संवाद गर्दै बधाई दिएका थिए। त्यस अवसरमा सामाजिक सञ्जालमार्फत उनले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप मजबुत बनाउन र साझा विकासका लक्ष्य अघि बढाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका थिए।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com