माघ महिनामा संस्थागत ११ र व्यक्तिगत १०७ देश गरी साढे ७० हजार विदेशीए९७ म्यानपावर कम्पनीले सयमाथि कामदार पठाए
काठमाडौं– माघ महिनामा वैदेशिक रोजगारीमा जानका लागि ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा १ सय ७ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीले ११ देशमा मात्रै कामदार पठाउन सकेका छन् ।

माघमा वैदेशिक रोजगार विभागबाट पुनः श्रम स्वीकृति सहित ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएका हुन् । त्यसमध्ये नयाँ ३७ हजार ८ सय १२ जनाको श्रम स्वीकृति भएको छ । जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन् ।
माघ महिनामा म्यानपावर कम्पनीबाट २६ हजार ८०७ जनाको नयाँ श्रम स्वीकृति भएको छ । करिब ११ हजार जना व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा गएका छन् ।
![]() |
![]() |
![]() |
|---|
अघिल्ला महिनामा जस्तै माघमा सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन् । युएईका लागि १५ हजार १ सय ३७ जनाको श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ६ हजार ५ सय ३ जना पठाएका छन् ।
साउदीका लागि ११ हजार ५ सय ९२ जनाको श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ५ हजार ४ सय ४६ जना, कतारका लागि ११ हजार ५ सय ८० को श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ३ हजार ६ सय ३२ जना, मलेसियाका लागि १० हजार ३ सय ४१ को श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीले ४ हजार ८ सय ४३ जना कामदार पठाएका छन् ।
कुवेतका लागि ५ हजार ४ सय ४३ को श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीमार्फत ३ हजार ५ सय ९८ जनाले श्रम स्वीकृति लिएका थिए ।
Image Source: © https://mulpatra.com
माघमा ओमान ८ सय १६ जना, बहराइन ६ सय ७० जना, साइप्रस ५ सय २२ जना, मरिसस २ सय ७० जना, जोर्डन २ सय ६७ जना, जापान २ सय ३ जना, माल्दिभ्स १३ र मकाउ ४ जना म्यानपावर कम्पनीमार्फत गएका छन् ।
म्यानपावर कम्पनीले एक जना पनि पठाउन नसकेको रोमानियाका लागि ३ हजार ९ सय ४० जनाको श्रम स्वीकृति भएको छ ।
विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले नेपाली कामदारका लागि डिमाण्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
माघमा धेरै कामदार पठाउने म्यानपावर कम्पनी ः
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ६१२
दि रिभर ओभरसिज प्रा.लि.– ५७६
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– ५०५
प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ४८८
नील कमल ह्युमन रिसोर्स प्रा.लि.– ४०८
स्काइ ओभरसिज सर्भिसेस प्रा.लि.– ३८५
लुलु इन्टरनेसनल प्रा.लि.– ३०३
एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.– २९५
गल्फ म्यानपावर सर्भिसेस प्रा.लि.– २७३
एसिया लिंक सर्भिसेस प्रा.लि.– २४१
एससिसी म्यानपावर कम्पनी प्रा.लि.– २३६
सुवास ह्युमन रिसोर्सेस प्रा.लि.– २२७
ब्रिज स्काइ इन्टरनेसनल प्रा.लि.– २०४
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २०१
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.– २००
ग्रेस ओभरसिज प्रा.लि.– १९५
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रा.लि.– १८६
आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा.लि.– १७९
मोन्टेज ओभरसिज प्रा.लि.– १६९
दि लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा.लि.– १६२
एबिसी ओभरसिज प्रा.लि.– १६०
सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १५८
आयुष ओभरसिज प्रा.लि.– १५०
सपोर्ट ह्युमन रिसोर्सेस प्रा.लि.– १४९
मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिसेस प्रा.लि.– १४९
नेपाल वल्र्ड ओभरसिज प्रा.लि.– १४७
कालिन्चोक एच.आर. प्रा.लि.– १४७
जब सिकर म्यानपावर प्रा.लि.– १४५
ब्लु ओसियन ओभरसिज प्रा.लि.– १४४
वाइड स्पेस इन्टरनेसनल प्रा.लि.– १४०
अल–जफर इन्टरनेसनल प्रा.लि.– १३७
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १३४
सान नेपाल प्रा.लि.– १३४
एम्पावर ह्युमन रिसोर्सेस म्यानेजमेन्ट प्रा.लि.– १३४
मदरल्यान्ड ओभरसिज प्रा.लि.– १३३
लिडर ओभरसिज प्रा.लि.– १२८
इन्डो अरब म्यानपावर प्रा.लि.– १२७
डाइनामिक सेल्स एन्ड सर्भिसेस प्रा.लि.– १२७
नाइस रिक्रुटिङ एजेन्सी प्रा.लि.– १२७
बज्र ह्युमन रिसोर्सेस प्रा.लि.– १२५
खगोल ओभरसिज प्रा.लि.– १२५
सुगम ओभरसिज प्रा.लि.– १२२
शेरोन म्यानपावर सर्भिस प्रा.लि.– ११९
एम.बी. ह्युमन रिसोर्स प्रा.लि.– ११८
ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रा.लि.– ११८
अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– ११७
इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि.– ११५
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– ११४
एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रा.लि.– ११३
टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्सेस प्रा.लि.– ११२
अल शाहीद ओभरसिज प्रा.लि.– १०९
लगइन इन्टरनेसनल ओभरसिज रिक्रुटमेन्ट (ग्लोबल सपना ओभरसिज प्रा.लि.)– १०७
राज ग्रुप अफ कम्पनी प्रा.लि.– १०५
बि.एस. ओभरसिज प्रा.लि.– १०३
ग्रिनल्यान्ड सर्भिसेस प्रा.लि.– १०३
पिजन इन्टरनेसनल ओभरसिज प्रा.लि.– १०२
टेस्ला ओभरसिज प्रा.लि.– १०२
लक्की ह्युमन रिसोर्स प्रा.लि.– १०१
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



