निर्वाचन आयोगले गर्‍यो अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ जारी

निर्वाचन आयोगले गर्‍यो अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ जारी
  • ७ फाल्गुन २०८२, बिहीबार ०७:४२

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

mulpatra

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त कार्यविधि तयार गरी लागू गरेको हो। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ। आवश्यकता अनुसार यस्तो सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ।

जारी कार्यविधिअनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिने कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिनेछ।

mulpatra mulpatra mulpatra

कार्यविधिमा कसैको नाम मतदाता नामावलीमा छुटेको भए वा नाम, थर, ठेगाना लगायत विवरणमा त्रुटि भएमा सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोगका अनुसार यस्ता निवेदनका आधारमा नाम समावेश गर्ने वा विवरण सच्याउने प्रक्रिया अघि बढाइनेछ।

आयोगले यो कार्यविधि जारी गर्नुको उद्देश्य निर्वाचन प्रक्रियालाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउँदै योग्य मतदाताको मताधिकार सुनिश्चित गर्नु रहेको जनाएको छ।