श्रममन्त्री टाक्स फोर्समा सक्रिय, साउदीको गाम्का, बायोमेट्रिक र यूएई जाने कामदार प्रहरी रिपोर्ट ठगीमा मौनटाक्स फोर्स चलाएर व्यवसायीसँग के खोज्दैछन् श्रम मन्त्री
काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी जाने नेपाली कामदारलाई मेनिन्गोकोकल खोप लगाउँदा गल्फ एप्रुबल मेडिकल सेन्टर (गाम्का) ले मनपरी पैसा लिन थालेको पाइएको छ ।

बजारमा ७ सयमा पाइने औषधी मेनिन्गोकोकल खोपलाई एक डोजको ३ हजार ५ सय रुपैयाँ लिन थालेको कामदारले नै गुनासो गर्न थालेका छन् ।
साउदी अरेबियाले आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकले मेनिन्गोकोकल खोप अनिवार्य गरिएको भनेपनि यो अनिवार्य छैन । तर गाम्काले जबरजस्ती अनिवार्य गरेर कामदार पैसा असुली गरिरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
गरेको छ । एक डोजको ३ हजार ५ सय रुपैयाँ पर्ने यो खोपलाई गाम्काले केही दिनयता ३ हजार ५ सय लिएको विल नै मूलपत्रलाई प्राप्त भएको छ । १९ सय पर्ने औषधीमा ३५ सय ठगि भइरहेको छ ।
साउदीले यस्तो खोप आफ्नो देशमा आउने विदेशी नागरिक अथवा हज मनाउन आउनेका हकमा अनिवार्य गरेको थियो । यस खोपलाई गाम्काको सेटिङमा रोजगारीमा जाने नेपाली कामदारलाई पनि अनिवार्य गरिएको व्यवसायीको आरोप छ । गाम्काले कानुनविपरीत खाडी देश जाने जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा रकम असुल्दै आएको
गाम्काअन्तर्गतको अकुवा मेडिकल सेन्टरका सञ्चालक सहिद खान भने कामदारसँग मेनिन्गोकोकल खोपको आवश्यक रकम मात्र लिएको जानकारी दिए । मेनिन्गोकोकल खोप बहराइन र साउदी जानेका हकमा लगाइएको उनको भनाइ छ ।
Image Source: © https://mulpatra.com
साउदी जाने कामदारका हकमा नेपालीस्थित साउदी दूतावासले बायोमेट्रिकमा नाममा २ हजार २ सय लिन थालेको छ । बोयोमेट्रिकको पैसा ७ सय म्यानपावर कम्पनीले तिर्दै आएका थिए ।
तर पछिल्लो समय केही समस्या देखाएर दूतावासले म्यानपावरसँग २ हजार २ सय लिन थालेको म्यानपावर व्यवसायीहरुले नै गुनासो गर्न थालेका छन् । ३० सेकेण्ड ढिलोका कामदार पुग्यो भने अथवा केही प्रविधिक समस्या देखियो भने पनि दूतावासले ७ सयको ठाँउमा बायोमेट्रिक गर्दा २ हजार २ सय लिइरहेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने यस विषयमा बेखबर छन् । साउदी मासिक २० हजारभन्दा बढी नेपाली कामदार रोजगारीमा गइरहेका छन् । गाम्काले मेनिन्गोकोकल खोपमा ३५००, दूतावासले बायोमेट्रिकमा २२०० र यूएई प्रहरी रिपोर्टमा १४२०० ठगिए ।
साउदी जाने गाम्कामा आबद्ध विभिन्न १२ मेडिकलले स्वास्थ्य परीक्षण गर्दै आएका छन् छ । योसँगै कामदारसँग बायोमेट्रिकमा नाममा २ हजार २ सय लिइरहेको विषयमा जानकारी नभएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
यो भिडियो पनि
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम सुरु गरेको छ । तर उनले ल्याएको टाक्स फोर्स व्यवसायीलाई थर्काएर पैसा कुम्याउन ल्याए जस्तो देखिन थालेको छ ।
एकतिर साउदी र यूएई जाने कामदार नीतिकै नाममा कानुनविपरित ठगिरहेका छन् । उनी श्रम मन्त्री भएर आएपछि यूएई जाने कामदार प्रहरी रिपोर्टका नाममा ठगिरहेका छन् । यो विषयमा श्रममन्त्री भण्डारीले सुधार र कुटनीतिक तहमा समस्या समाधान गर्नतिर ध्यान नदिएको व्यवसायीको आरोप छ ।
भण्डारीले सकेसम्म छिटो वैदेशिक रोजगार नियमावली संशोधनमार्फत फ्रि भिसा फ्रि टिकट निर्णय पुनरावलोकन गर्न सकिने बताउँदै आएका छन् । तर उनले यस्तै समस्या वैदेशिक रोजगारी भित्र्याउन स्पेसल टाक्स फोर्स बनाएर श्रम मन्त्रालयमा भित्र्याएका छन् ।
गत सातादेखि टाक्स फोर्सले उजुरीका आधारमा म्यानपावर कम्पनी र सञ्चालकमाथि अनुगमन सुरु गरेको छ । यस फोर्सले कामदार ठगिएको उजुरीभन्दा पनि रोजगारदाता देशबाट ल्याएको डिमाण्डका आधारमा अनुगमन सुरु गरेको छ । म्यानपावर कम्पनीले गरिरहेको अन्तरर्वार्ता भइरहेको स्थानमा अनुगमन गरेका थिए । भने टाक्स फोर्सले स्वास्थ्य मेडिकलमा भने दैनिक अनुगमन गरिरहेको छ ।
म मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरू नै अग्रसर हुनुपर्नेमा जोड दिदै आएका छन् । जेनजी आन्दोलनपछि पनि सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो विष्फोट हुनसक्नेतर्फ सबै सजक हुनुपर्ने बताइरहेका छन् । तर उनैले टाक्स फोर्सका नाममा यस क्षेत्रमा अर्को विकृति भित्रयाएको वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएको म्यानपावर व्यवसायीहरुले नै गुनासो गर्न थालेका छन् ।
यूएई जाने कामदार प्रहरी रिपोर्टका नाममा ठगि रहेको विषयमा भने श्रम मन्त्री भण्डारीले चासो दिएका छैन । नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको चालचलन प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयले प्रमाणित गरिसकेपछि पनि पुनः नेपालमै रहेको युएई राजदूतावासले भिएफएसमार्फत भिसा अप्लाई हुनुअगाडि नै १४ हजार २ सय रुपैयाँ तिराएर प्रमाणीकरण गर्न बाध्य पारिरहेको छ । यस विषयमा कामदार र म्यानपावर व्यवसायीले विरोध र सरकारको ध्यानाकर्षण पनि कुटनीतिक पहलमा छलफल भएको छैन ।
हाल यूएई जाने कामदारको समयमा भिएफएस नहुँदा फेरी प्रहरी रिपार्टको दोब्बर आर्थिक भार तिर्न कामदार बाध्य छ । भिएफएस गरेकै ५० प्रतिशतको भिसा नआएको गुनासो श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँगै गदै आएका छन् । तर उनले यो समस्यालाई सामान्य ठान्दा भिएफएस पनि सिण्डिकेटका रुपमा सञ्चालन भइरहेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



