उद्योग, कलकारखाना, सूचना–प्रविधि, पर्यटन र अर्थतन्त्रको ठुलो जग उर्जा विकास नै हो:इप्पान अध्यक्ष कार्की

उद्योग, कलकारखाना, सूचना–प्रविधि, पर्यटन र अर्थतन्त्रको ठुलो जग उर्जा विकास नै हो:इप्पान अध्यक्ष कार्की
  • ८ फाल्गुन २०८२, शुक्रबार १५:२७

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् ।

mulpatra

उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन पक्षमा रहेको जटिलता हटाउने र ऊर्जा क्षेत्रमैत्री वातावरण बनाउने योजनासमेत अगाडि सारेका छन् । यो उर्जा क्षेत्रका लागि अति राम्रो हुने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

वाचापत्र, प्रतिबद्धतापत्रजस्ता नाम दिइएका राजनीतिक दलका घोषणापत्रमा यसपटक सबैको साझा एजेन्डाका रूपमा ऊर्जा क्षेत्र पर्न गएकोमा उनले खुशी व्यक्त गरे । उनका अनुसार नीतिगत जटिलताको अन्त्य, आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गरी निजी क्षेत्रलाई धक खोलेर लगानी गर्ने वातावरण बनाउने विषय घोषणापत्रमा समेटिएका छन् ।

mulpatra mulpatra mulpatra

आन्तरिक खपतको वृद्धि, रोजगारी सृजना तथा ऊर्जा कूटनीतिमार्फत क्षेत्रीय बजारमा बिक्री गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको उनले बताए । ‘स्वदेशी खपतपछि जगेडा हुनजाने विद्युत् निर्यातका लागि अन्तरदेशीय व्यापारमा रहेका जटिलता फुकाउन छिमेकी देशहरूसँग राजनीतिक र कूटनीतिक पहलमा जोड दिने, नेपाल–भारत विद्युत् व्यापारलाई उपक्षेत्रीय तहसम्म विस्तार गर्न प्रभावकारी आर्थिक कूटनीति पहल गर्नुपर्छ ।’ उनले भने ।

उर्जा विकास भएसँगै देशको अर्थतन्त्र, व्यापार, स्थानिय उत्पादन र विकासमा सहजीकरण भइरहेको उनको दाबी छ । उज्यालोमात्र होइन, आर्थिक उपार्जन सेयरबाट स्वरोजगारसँगै यस क्षेत्रको दिगो र दीर्घकालीन विकासलाई प्रमुख प्राथमिकता उर्जा भएको उनको बुझाई छ ।

उनीसँग गरिएको अन्तरर्वार्ता

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com