Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

इरानमा आक्रमणका लागि अमेरिकालाई बेलायत एयरबेस नदिने

इरानमा आक्रमणका लागि अमेरिकालाई बेलायत एयरबेस नदिने
  • ९ फाल्गुन २०८२, शनिबार १५:१७

काठमाडौं– बेलायतले इरानमा आक्रमण गर्न अमेरिकालाई आफ्नो हवाई अड्डा (एयरबेस) दिन अस्वीकार गरेको छ ।

mulpatra

अमेरिका त्यो सैन्य अड्डा प्रयोग गर्न चाहन्थ्यो। तर बेलायतले दिन अस्वीकार गरेको हो। यसले यी दुई देशबिच मनमुटाव बढाएको देखिन्छ।

डेली मेलको रिपोर्टअनुसार बेलायतको निर्णयबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रिसाएका छन्।

mulpatra mulpatra mulpatra

रिपोर्टमा ट्रम्पले चागोस द्वीप मौरिससलाई सुम्पने बेलायतका प्रधानमन्त्री किअर स्टार्मरको सम्झौताबाट समर्थन फिर्ता लिएको दाबी गरिएको छ।

अमेरिकाले इरानमा आक्रमण गर्ने तयारी गरिरहेको छ। यसका लागि अमेरिका डिएगो गार्सिया र बेलायतको आरएएफ फेयरफोर्ड एयर बेस प्रयोग गर्न चाहन्छ। डिएगो गार्सिया चागोस द्वीप समूहको सबैभन्दा ठुलो टापु हो। जुन १९७० को दशकदेखि यो बेलायत र अमेरिकाको साझा सैन्य अड्डा छ।

पुरानो सम्झौताअनुसार, कुनै पनि ब्रिटिस सैन्य अड्डा अमेरिकाले त्यतिबेला मात्र प्रयोग गर्न पाउँछ जतिबेला बेलायतका प्रधानमन्त्रीले अनुमति दिन्छन्।

Image Source: © https://mulpatra.com

अन्तर्राष्ट्रिय कानुनले पनि के भन्छ भने सैन्य कारबाही गलत छ भन्ने थाहा हुँदाहुँदै कुनै देशले यसका लागि मद्दत गर्छ भने ऊ पनि जिम्मेवार हुन्छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com