सरकारले मधेशको सुरक्षा स्थिती बुझ्न एआजी खटायो
काठमाडौं । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले तराई क्षेत्रको सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ ।

रौतहटको गौर नगरपालिकाको वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।
सरकारको केन्द्रीय सुरक्षा समिति बैठकले रौतहटको उक्त घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह समेत गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
रौतहटको घटना र त्यसको प्रभावमा तराईमा हुनसक्ने सम्भावित गतिविधीबारे अध्ययन गर्न एआइजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन्।
निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार पार्न र त्यो अनुसार उपयुक्त कारबाहीका प्रक्रिया गरेर प्रतिवेदन पेश गर्नका लागि एआइजी खटाएको समेत गृहमन्त्रालयले जनाएको छ ।



