आजको मौसमः यी स्थानमा बर्षा हुन सक्ने

आजको मौसमः यी स्थानमा बर्षा हुन सक्ने
  • १० फाल्गुन २०८२, आईतवार ०६:५०

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहीरहेको कारण तराईका केही स्थानमा हुस्सु र केही हिमाली क्षेत्रमा हल्का बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mulpatra

महाशाखाले जनाए अनुसार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

तराईमा मौसम मुख्यतया सफा रहे पनि कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

mulpatra mulpatra mulpatra

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू९भागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।