रौतहटमा हाज पनि कर्फ्यु जारी सुरक्षा संवेदनशीलता हेरेर अर्को आदेश गर्ने

रौतहटमा हाज पनि कर्फ्यु जारी सुरक्षा संवेदनशीलता हेरेर अर्को आदेश गर्ने
  • १० फाल्गुन २०८२, आईतवार ०७:०२

काठमाडौं । विहेमा बजाइएको बाजाको निहुँमा दुई समुदायबीच तनाव बढेपछि रौतहटमा हिजो देखि लागेको कर्फ्यु आज पनि जारी रहने छ।

mulpatra

रौतहटको गौर नगरपालिकाको वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो । हिजो लगाइएको कर्फ्यु आज साढे ६ बजेसम्म रहने र अत्यावश्यक कार्यका लागि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ ।

mulpatra mulpatra mulpatra

साढे ८ पछि अर्को आदेश नआउन्जेल कर्फ्यु निरन्तर रहने जिल्ला प्रशासनले जनाएको छ ।

यसैबीच रौतहटको घटना र त्यसको प्रभावमा तराईमा हुनसक्ने सम्भावित गतिविधीबारे अध्ययन गर्न एआइजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन्।

निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार पार्न र त्यो अनुसार उपयुक्त कारबाहीका प्रक्रिया गरेर प्रतिवेदन पेश गर्नका लागि एआइजी खटाएको समेत गृहमन्त्रालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com