Close

Recent Posts

टि–२० विश्वकपको सुपर ८ मा आज भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदै

टि–२० विश्वकपको सुपर ८ मा आज भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदै
  • १० फाल्गुन २०८२, आईतवार ०७:४८

काठमाडौं । टी–२० विश्वकपको सुपर–८ चरणअन्तर्गत आज भारत र दक्षिण अफ्रिका बीच महत्वपूर्ण भिडन्त हुँदैछ। खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियम मा साँझ ८ बजे सुरु हुनेछ ।

mulpatra

पछिल्लो संस्करणको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै १७ वर्षपछि टी–२० विश्वकप जितेको थियो। दुवै टोली समूह चरणमा अपराजित रहँदै सुपर–८ मा पुगेका हुन्।

हेड–टु–हेडमा भारतको अग्रता छ। टी–२० अन्तर्राष्ट्रियमा भारतले बढी जित निकालेको छ भने विश्वकपमा पनि भारत नै अगाडि छ।

mulpatra mulpatra mulpatra

यस प्रतियोगितामा भारतका लागि ईशान किशन र वरुण चक्रवर्ती प्रभावशाली देखिएका छन्। दक्षिण अफ्रिकाका कप्तान एडन मार्कराम ब्याटिङमा र लुंगी एनगिडी बलिङमा चम्किएका छन्।

भारतको अहिलेको टिममा सबैभन्दा उत्कृष्ट खेलाडी इशान किशन देखिएका छन् । उनले कोलम्बोको मुश्किल पिचमा पाकिस्तानविरुद्ध खेलेको इनिंगले उनको यस विश्वकपमा देखिएको लय उच्च तहको रहेको छ । उनले अहिलेसम्म यस विश्वकपमा ४४ को औसतले दुई अर्धशतकसहित १७६ रन बनाएका छन् । त्यस्तै भारतका बलर वरुण चक्रवर्तीको लगातार एकनासको प्रदर्शनले भारतलाई बलियो टिम बनाएको छ । उनले ४ खेलमा ५.१६ को इकोनोमीमा ९ विकेट लिएका छन् ।

त्यस्तै दक्षिण अफ्रिकाका लागि कप्तान एडन मार्क्रमको आक्रामक ब्याटिंग महत्वपूर्ण रहेको छ । उनले यस विश्वकपमा १७८ रन बनाएका छन् । उनले न्यूजील्याण्डविरुद्ध अविजित ८६ रन बनाएका थिए भने क्यानडाविरुद्ध ५९ रन बनाएका थिए । त्यस्तै बलरमा लुंगी इंगिडीले चार खेलमा ८ विकेट लिएर राम्रो प्रदर्शन गरिरहेका छन् ।

Image Source: © https://mulpatra.com

पिच ब्याटिङमैत्री मानिन्छ र बेलुकीतिर ड्यु फ्याक्टर देखिन सक्छ। भारतीय टोलीमा अक्षर पटेलको पुनरागमन सम्भावना छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com