७ वर्षमा सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब पुग्यो

७ वर्षमा सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब पुग्यो
  • ११ फाल्गुन २०८२, सोमबार १४:०१

काठमाडौं– सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब ५४ करोड जम्मा भएको हो । २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो। उसले योगदानकर्ताहरूबाट रकम संकलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो ।

mulpatra

सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ। यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ ।

त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन्। प्रत्येक महिनाको योगदान अर्काे महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।

mulpatra mulpatra mulpatra

कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको हो। सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताए ।

उनका अनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरेको छ। योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।

प्रवक्ता अधिकारीले भने, ‘सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको छ। कोषमा जम्मा हुने रकमलाई सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरिएको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी गरिएको छ।’

Image Source: © https://mulpatra.com

सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदान कर्ताको विभिन्न क्षेत्र छुट्याएको छ। यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन्। यो कोषमा आबद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्दछन्।

अहिले कोषमा आबद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३३३ पुगिसकेको छ। सूचीकृत रोजगारदाताको संख्या २३ हजार ८४ पुगेका छन्।

कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार जति रहेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन्।

अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ। ८५४ जनामात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् भने ८०८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com